ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवस – हातहातमा झण्डा, मनमनमा संविधान (फोटोफिचर)


एबीसी न्यूज
३ आश्विन २०७६, शुक्रबार   ३ : ५७   बजे

काठमाडौं ३ असोज । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो ।

संविधान दिवसलाई यसपटक पृथक बनाउने उद्देश्यअनुरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित मुलुकभरका कार्यक्रम झण्डामय बन्न पुगेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमात्रै होइन, हरेक सरकारी कार्यालय, संस्थान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण हातहातमा झण्डा बोकी झण्डा अङ्कित टिसर्ट लगाएर दिवसमा सरिक भए । यसपटक सरकारले कार्यविधि परिवर्तन गरेर घरघरमा समेत झण्डा राख्न पाउने व्यवस्था गरेपछि यसको रौनक थप बढेको छ ।

संविधान दिवसका अवसरमा आज राजधानीको टुँडिडखेलमा सहभागी नेपाल बैंकका कर्मचारीले ‘हाम्रो सरकार, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समावेशी संविधान जारी भएको सुखद अवसरमा खुशियाली साटे ।

राष्ट्रको गौरव राष्ट्रिय झण्डा अङ्कित सेतो टिसर्ट लगाउनुभएका उहाँहरुको हातहातमा झण्डा थियो । जनप्रतिनिधिद्वारा जारी मुलुकको पहिलो संविधानलाई मनमस्तिष्कमा राखेर उहाँहरु झण्डा फहराउँदै नाचगानमा व्यस्त हुनुभयो ।

यसैगरी आ–आफ्ना समूहमा झण्डा फहराएर विभिन्न सङ्घसंस्थाका प्रतिनिधि दिवसमा सहभागी भए । राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा टुँडिखेलमा आयोजित विशेष समारोह चल्दै गर्दा पछिल्लो भागमा विभिन्न जातजातिको झाँकीसहित नाचगान गरेर खुशियाली मनाउनेको ठूलो भीड थियो ।

टुँडिखेलको चौर सर्वसाधारणदेखि सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले भरिभराउ थियो । सबैले हातहातमा राष्ट्रिय झण्डा फहराएका थिए । अधिकांश सहभागीले झण्डा अङ्कित टिसर्ट लगाएका थिए । संविधान जारी भएको खुशी त छँदै थियो, त्यसमाथि कार्यक्रम झण्डामय भएकामा रौनक थप बढेको थियो ।

एक बैंकका कर्मचारी शैलजा शाहलाई यसपटकको संविधान दिवस खास लाग्यो । “विगतमा क्यालेन्डरमा मात्रै सीमित थियो, यसपालि साँच्चै नै दिवस आए झैँ भयो, झण्डा बोकेर आउँदा छुट्टै उत्साह भयो”, रासससँग शाहले भन्नुभयो । यसपटक झण्डा मात्रै भएकाले आगामी वर्ष राष्ट्रिय पोशाकमा सरिक हुन पाइयो भने दिवसको महत्व अझै बढ्ने भन्दै उहाँले सरकारलाई सुझावसमेत दिनुभयो ।

सरकाले यसपटक ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरेको थियो । उक्त नारालाई चरितार्थ गर्दै आज घरघरबाट झण्डा बोकेर सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रतिनिधि दिवसको खुशियालीमा रमाए । सर्वसाधारणको स्वतःफूर्त सहभागिता थियो ।

विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सांस्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो । सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा समावेशी संविधानअनुसार सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी झाँकी ल्याएको बताउनुभयो ।

टुँडिखेलमा कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्य प्रस्तुत भएका थिए । जुनसुकै कार्यक्रममा पनि सम्मानका साथ झण्डाको प्रयोगले संविधान दिवस थप उल्लासमय भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुँदा तलबाट झण्डा फहराएर स्वागत गरिएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल स्काउटबाट कवाज प्रदर्शन भएको थियो । विभिन्न क्षेत्रका जातजातिको वेषभूषासहितको झाँकी पनि प्रदर्शन गरिएको थियो ।

नेपाल पर्यटन बोर्डले संविधान दिवसमा झण्डाको महत्वलाई विश्वसामु परिचित गराउने गरी अभियान चलाएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० नजिक आउन लागेकाले दिवसका अवसरमा विमानस्थलबाट आउने पर्यटकलाई झण्डाले स्वागत गरेको उल्लेख गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्नुभयो, “नेपालको जस्तो त्रिकोण भएको झण्डा विश्वमा कहीँ छैन, त्यसैलाई प्रचार गर्न सकियो भने पनि पर्यटन क्षेत्रमा ठूलो उपलब्धि हुन्छ ।”

दिवसका अवसरमा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्र, मौलिक संस्कृति, परम्परा तथा वन्यजन्तुको झलकसहित टुँडिखेलमा प्रदर्शन गरिएको थियो । उक्त अभियानमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य आफैँ सक्रिय हुनुहुन्थ्यो । यहाँ कृषि, पशुका उन्नत बीउ तथा उत्पादनका बारेमासमेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group