काठमाण्डौं, १६ काक्तिक । भारतको उत्तर प्रदेशस्थित एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशको रायबरेली जिल्लाको उंचाहरमा रहेको ‘नेशनल थर्मल कर्पोरेसन लिमिटेड’ नामक ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अन्य ५७ जना गम्भीर घाइते भएका हुन् । रायबरेली जिल्ला अधिकारी सन्जय खत्रीले २० जना मरेको पुष्टि गर्दै बाँकी अन्य ५७ जना घाइतेलाई अलग–अलग अस्पतालमा भर्ना गरिएको ’बीबीसी’लाई बताएका छन् । बुधबार दिउँसो ५ सय मेगावट बिद्युत उत्पादनको लागि भुमिगत परीक्षण गर्दा उक्त दुर्घटना भएको बताइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई दुई लाख क्षतीपुर्ति दिने घोषणा गर्दै घाइतेको उचित उपचार गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्