ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्खास्त क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलनहरु सडकमा


admin
१७ कार्तिक २०७४, शुक्रबार   १२ : १७   बजे
Supporters of independence for Catalonia hold a major march to mark the Spanish region’s official day, amid growing protests over Spain’s financial crisis which has driven it to seek aid from the central government during the Catalonian National Day (Diada) on September 11, 2012 in Barcelona. AFP PHOTO/ JOSEP LAGO (Photo credit should read JOSEP LAGO/AFP/GettyImages)

काठमाण्डौं, १७ काक्तिक । स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि दबाब दिएर बर्खास्त भएका ८ जना क्षेत्रीय मन्त्रीहरुलाई थुनामा राखेको विरोधमा हजारौं क्याटलनहरु सडकमा उत्रिएका छन् ।

स्पेनको उच्च अदालतमा उपस्थित भएका ती मन्त्रीहरुमाथि सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ । स्पेनी न्यायाधीश कारमेन लामेलाले ती मन्त्रीहरुले देश छोड्न वा प्रमाणहरु नष्ट गर्नसक्ने भन्दै उनीहरुलाई थुनामा राख्न आदेश दिएका थिए । अभियोजनकर्ताहरुले उनीहरुमाथि स्पेनबाट क्याटलोनिया छुट्याउने प्रयास गरेर देशद्रोह गरेको आरोप लगाएका छन् ।
स्पेनबाट स्वतन्त्र हुनका लागि गत अक्टोबर १ मा भएको जनमत संग्रह यता स्पेन संवैधानिक संकटबाट गुज्रिरहेको छ । उक्त जनमत संग्रहलाई त्यहा“को संवैधानिक अदालतले गैरकानुनी भनेको थियो । गत साता स्पेनका प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाको क्षेत्रीय संसद विघटन गरेर प्रत्यक्ष शासन लागू गरेका थिए । उनले डिसेम्बर २१ तारिखमा स्थानीय निर्वाचनको आह्वान समेत गरेका छन् । क्याटलन सांसदहरुले उत्तर पूर्वको सम्पन्न क्षेत्र क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने पक्षमा मतदान गरेपछि प्रधानमन्त्री राखोयले यस्तो घोषणा गरेका थिए । बिहीबार बार्सिलोनास्थित क्याटलोनियाको क्षेत्रीय संसद भवनबाहिर हजारौं मानिसहरु भेला भएका छन् । ती मध्ये थुप्रैले क्याटलन झण्डा र ’राजनीतिक बन्दीहरुका लागि स्वतन्त्रता’ भन्ने नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए । त्यस्तै खालको प्रदर्शनहरु क्याटलोनियाको सहरहरुमा पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group