ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा आधीका कारण मृत्यु हुनेको संङख्या १८ पुग्यो, नेपाली समुदाय भने सुरक्षित


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   १२ : १४   बजे

टोकियो, २६ असोज । भारी वर्षा सहितको शक्तिशाली आधि (सुपर-ताईफुन)का कारण जापानमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । हागिबिस नाम दिईएको ताईफुनले १३ जना बेपत्ता भएकाे र १४९जना बढी घाईते भएकाे जापानी टेलिभिजन एनएचकेले जनाएको छ । ९० हजार नेपाली रहेको जापानमा सबै नेपाली सुरक्षित रहेकाे टोकियो स्थित दुतावासले जनाएको छ ।

आईतबार दिउसो २ बजे सम्म सबै नेपाली सुरक्षित रहेको नेपाली दुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले जानकारी दिनुभयो । एबिसी न्युजसंग टेलिफोनमा कुरा गर्दै उपनियोग प्रमुख अर्यालले संम्भावित क्षेत्रका नेपाली अगुवा र आधिकारीक निकायसंग सम्पर्क भईरहेको र अहिले सम्म सबै नेपाली सुरक्षित रहेको बताउनुभयो ।

६० वर्ष यताकै शक्तीशाली मानिएको ताईफुनले ठूलो धनजनको समेत क्षती पुर्याएको छ । ताइफुसँगै आएको भारी वर्षाले नदीहरुमा पानीको बहाव बढेसँगै टोकियो लगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा समेत परेका छन् । कतै विद्युत खानेपानी आपुर्ती पनि बन्द भएको छ । चिकुमा नदीको किनार भत्किदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको छ ।

नदीको पानी आवासिय क्षेत्रमा पसेको र त्यहाँको केही स्थान भने बाढीको पानीले ५ मिटरसम्म डुबेको भु–मन्त्रालयको अनुमान छ । जापानको मुख्य टापु होन्शुमा ६० लाख मानिसहरुलाई सो स्थान छाडेर सुरक्षित स्थानमा जान सुझाव दिइएको छ । त्यस्तै अर्को क्षति पुर्याएको इचिहारा, चिबा प्रान्तका केही स्थानमा १२ घरहरु क्षतविक्षत भएका छन् भने ७० भन्दा धेरै घरमा क्षति पुगेको छ ।

केही प्रिफेक्चरहरुमा घरहरु उडाएका छन् । प्रभावित क्षेत्रहरु मध्य, पूर्वी र उत्तरपश्चिममा उद्धार कार्य भइरहेकोले क्षतीको पुरै विवरण भने आईसकेको छैन । जापानको राजधानी टोकियो , सहित चिवा, गुन्मा, सैतामा, कानागावा, यामानशी, नागानो र शिजुओकालाई उच्च जोखिमको क्षेत्र मानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group