ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा चुनावी माहोल तात्यो, १६८ जनाको उम्मेदवारी


admin
१७ कार्तिक २०७४, शुक्रबार   ३ : ३४   बजे

सप्तरी, १७ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चुनावी माहोल तातेको छ ।

बिहिबार मनोनयन दर्तापश्चात् राजविराजलगायत शहरी तथा ग्रामीण क्षेत्रको बजार चोक, पसल र सार्वजनिकस्थलमा निर्वाचनको बहस, छलफल र प्रचारप्रसार शुरु भएकोे छ ।

राजविराजको विभिन्न छापाखाना र आर्टमा पसलमा पार्टीको झण्डा, ब्यानर र आकर्षक नारा सहितका पम्पप्लेट छपाइको कार्य भ्याइनभ्याइ भएको व्यवसायीको भनाइ छ ।

आफ्नो पार्टीबाट टिकट नपाएका नेताले स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारमा लागेको र त्यसबाट ठूला दलका उम्मेदवारलाई निर्वाचनमा समस्या परेको सम्बद्ध दलका प्रतिनिधिको गुनासो छ ।
राजपाबाट टिकट नपाउनु भएएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र सहमहामन्त्री जयप्रकास ठाकुर, संघीय समाजवादी पार्टीबाट टिकट नपाएका भीमराज यादव पनि बागी उम्मेदवार बन्नुभएको छ ।

पार्टीले भेद्भाव गरेकोले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उहाँहरूको तर्क छ । उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस शुरु गरेको छ ।

जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुने भन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवी रामेश्वर दास बताउनुहुन्छ ।

सप्तरी जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी १६८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि चारवटा क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदवारी दिएका छन् भने आठ प्रदेशसभा सदस्यका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका लागि क्षेत्र नं–१ बाट १४ जना, क्षेत्र नं–२ बाट १८ जना क्षेत्र नं ३ बाट १२ जना र क्षेत्र नं ४ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेशसभाका लागि क्षेत्र नं १ को १ र २ बाट ९–९ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नं ४ को २ बाट १२ जनाले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।

विभिन्न दलले गठबन्धन बनाए पनि दल भन्दा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको पाइएको छ ।
प्रतिनिधिसभाका लागि कूल ५९ जनाले उम्मेदवारी दिएकामा २१ जना स्वतन्त्र उम्मेदबार छन् भने प्रदेशसभाका लागि १०९ जनाले उम्मेदवारी दिएकामा ३९ जना स्वतन्त्र छन् ।
उक्त निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षाको अवस्था कडा बनाउँदै लगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu