काठमाडौं, २ कात्तिक । चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन् । पर्यटनमन्त्री योगेश भट्टराईले ले नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको बताउदै, ‘चिङ भृकुटीको छोरी भएको र नेपाल उहाँको मावली भएको बताउनुभयो ।
आसन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’ मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्