काठमाडौं, ५ कात्तिक । तीनकुनेको दुबो चोरिएको विषयमा प्रधानमन्त्रीकै ध्यानाकर्षण भएपछि त्यहाँ सुन्दर पार्क बनाउने तयारी भैरहेको पनि स्रोतले जनाएको छ तीनकुनेमा रोपिएको दुबो जोगाउन सीसी क्यामेरा जडान गरिने भएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला लगाइएको दुबो र अन्य फूल तथा बिरुवा चोरी हुन थालेपछि अहिले सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ ।
सीसी क्यामेरा पनि जडान गर्ने
‘तीनकुने पार्कका अहिले लगाइएको दुबो जोगाउने र थप फूल रोपेर सुन्दर बनाउनको लागि विभिन्न उपायहरु सोचिरहेका छौँ, त्यहाँ सीसी क्यामेरा जडानको लागि ठाउँ पहिचान भैसकेको छ ।
तीनवटा बैंक र फ्लोरिकल्चर एसोसिएनसँग सहकार्य
तीनकुनेमा थप दुबो र फूल रोप्न फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फ्यानसँग सहकार्य गर्ने तयारी रहेको छ । फ्यानले ५ लाख रुपैयाँ बराबरको दुबो र फूल उपलब्ध गराउने मोटामोटी प्रतिबद्धता जनाएको पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यसको लागि काठमाडौं महानगरपालिकाले संयोजन गर्नेछ ।
यस्तै तीनकुने बगैँचाको रेखदेख तथा सुरक्षाको लागि ३ वटा सरकारी बैंकलाई जिम्मा दिने तयारी भएको छ । कृषी विकास बैंक, नेपाल बैंक, र राष्ट्रिय वाणिज्य बैंकले बगैँचाको सुरक्षा र गोडेमेलको जिम्मा लिनेछन् ।
गाडी प्रवेशमा रोक लगाइने
विदेशी विशिष्ट पाहुनाको भ्रमणका बेला तीनकुनेमा फूल तथा बिरुवा रोपिए पनि पाहुना फर्किएपछि बिरुवा हराउने गरेका छन् । तीनकुनेको चउरमा आधा दर्जन भन्दा धेरै ड्राइभिङ इन्स्टिच्युडले गाडी सिकाउँदै आएका छन् ।त्यस्तै, ट्रक र बस पनि पार्किङ हुँदै आएको छ । तर तीनकुने चउरमा गाडी प्रवेशमा रोक लगाउने र गाडी छिर्न नसक्ने गरी चउरको वरीपरि सिमेन्टका पोलसहितको बार लगाउने पनि तयारी भैरहेको छ
प्रतिक्रिया दिनुहोस्