ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली वस्तुमा लगाएको अतिरिक्त शुल्क हटाउन बंगलादेश सकारात्मक


एबीसी न्यूज
६ कार्तिक २०७६, बुधबार   ८ : ००   बजे

काठमाडौँ, ६ कात्तिक । बंगलादेशमा नेपाली वस्तुमा लगाइँदै आएको अतिरिक्त शुल्क हटाउन नेपाली पक्षले माग गरेको छ ।

मंगलबार र बुधबार काठमाडौँमा भएको नेपाल र बंगलादेशको चौथौ प्राविधिक (व्यापार) बैठकमा नेपालले बंगलादेशसँग अतिरिक्त शुल्क हटाउन माग गरेको हो । नेपालले बंगलादेशमा निर्वाध रुपमा नेपाली धागो निर्यातको व्यवस्था मिलाइदिन पनि आग्रह गरेको छ ।

बंगलादेशले ठूलो अलैँची, अदुवा, अम्रिसो लगायतका कृषिजन्य र औद्योगिक वस्तुमा भन्सारका अतिरिक्त थप शुल्क लगाउँदै आएको छ । बैठकमा नेपालले यस्ता शुल्क हटाउन माग गरेको बैठकको नेतृत्व गर्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

बंगलादेशले अतिरिक्त शुल्क लगाउँदा नेपाली वस्तुले बंगलादेशको बजारसँग प्रतिस्पर्धा गर्न नसकेकाले नेपाली वस्तु निर्यात हुन सकेका छैनन् ।

जवाफमा बंगलादेशी टोलीले यी विषयलाई सकारात्मक रुपमा लिँदै समस्या समाधानको लागि पहल गर्ने वचन दिएको सहसचिव ढकालले जानकारी दिनुभयो । यस्तै नेपाली पक्षले नेपाली विद्यार्थीले बंगलादेशको सहज भिसा नपाएको विषयमा पनि बंगलादेशको ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै सडक, रेल, जल मार्ग र हवाइ मार्गमार्फत व्यापार बढाउन दुई देश सकारात्मक भएका छन् । यसका लागि दुई देशका चार ओटा निकायबीच सहकार्यको लागि समझदारी पनि भएको छ ।

नेपालको कृषि विभाग र बंगलादेशको कृषि प्रसार विभाग, नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको सम्बन्धित विभाग, नेपालको साल्ट ट्रेडिङ र बंगलादेशको ट्रेडिङ कर्पोेरेशन अफ बंगलादेश तथा नेपालको राष्ट्रिय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र बंगलादेशको ट्रेडिङ कर्पोरेशन अफ बंगलादेशबीच समझादारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group