ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाघलान प्रान्तको एक जिल्ला पुन : सरकारको नियन्त्रणमा


admin
७ कार्तिक २०७६, बिहिबार   २ : २७   बजे

अफगानिस्तान, ७ कात्तिक । अफगानिस्तानमा अफगान सुरक्षाबल एएनडीएसएफ ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ । तीन वर्ष अगाडि उक्त जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको जारी विज्ञप्तिमा जनाइएको छ ।यस कारबाहीको क्रममा तालिबान लडाकूहरु हताहत भएका तर यसको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । बाघलान प्रान्तमा तालिबान लडाकूलक्षित कारबाही जारी नै रहने सैनिक स्रोतले जानकारी दिएको छ । बाघलान प्रान्तको पश्चिमी भागको जिल्लाहरुमा पनि तालिबान लडाकूविरुद्ध कारबाही जारी रहेको जनाइएको छ ।

राजधानी काबुल शहर करिब १ सय ६० किलोमिटर उत्तरमा रहेको यो प्रान्तमा लामो समयदेखि तालिबान लडाकू र सुरक्षाबलबीच झडप जारी रहेको छ । सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएपछि यस जिल्लाका कानूनी शासन फिर्ता हुनको साथै सरकारी कार्यालयहरू र स्थानीय प्रहरी चौकी पुनः खोलेको विज्ञप्तिमा बताइएको छ ।

अफगान सुरक्षाबलले बाघलान प्रान्तमा तालिबानी लडाकूविरूद्धको सुरक्षा अभियानलाई तीव्र बनाएको छ । सो जिल्लामा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पण्ी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group