काठमाडौं, ८ कात्तिक । जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन्। इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए। उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको छ।
जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ। साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए। संचारमाध्यमहरुले जनाए अनुसार उनले चुनाबका बेला मतदाताहरुलाई पैसा सहित कटहर लगाएतका महंगा समानहरु वितरण गरेको समाचारहरु सार्बजनिक भएपछि उनले राजिनामा दिन बाध्य भएका हुन् ।
अर्थमन्त्रीले राजिनामा दिएको बिषय संसदमा छलफल गर्न समय नभएको भन्दै प्रधानमन्त्री आबेले उनको राजिमाना स्वीकृत गरेका छन् । आर्थिक र औधोगिक क्षेत्रका धेरै मुद्दाहरु हेर्नु पर्ने हुन्छु राजिनामा स्वीकृत गर्दै आबेले भनेका छन् समस्याको कारण स्थिर हुन सक्दैन । प्रधानमत्री आबेले उनको राजिनामा स्वीकार गर्ने क्रममा जनतासंग माफी पनि मागेका छन् ।
ुअर्थमन्त्रीको क्रियाकलापले जनतालाई दुख लागेको छ, यसका लागि म तपाइहरु संग माफी माग्दछुु आबेले भनेका छन् कुनै पनि आर्थिक समस्या आउन दिने छैन, त्यसैले अबको जिम्मेवारीका लागि हिरोशी हाताकेयामालाइ अनुरोध गरेको छु ।
जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो। सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो।सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन्।
“म मेरो समस्याको कारणले संसद्मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,” सुगावाराले बताए। प्रधानमन्त्री सिन्जो अबेले भने: “उनलाई नियुक्त गरेको जिम्मेवारी म लिन्छु। म जापानी नागरिकहरूसँग माफी चाहन्छु।”
प्रतिक्रिया दिनुहोस्