ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बग्दादीको डीएनए जाँचका लागि भित्रीवस्त्र यसरी चोरेको थियो


एबीसी न्यूज
१३ कार्तिक २०७६, बुधबार   २ : ३४   बजे

एजेन्सी– कुर्दिश नेतृत्वको सिरियन डेमोक्राटिक फोर्सेस (एसडीएफ) ले इस्लामिक समूहका नेता अबु बकर अलबग्दादी मारिनुअघि पहिचान गर्न डीएनए जाँचका निम्ति उनको भित्रीवस्त्र आफ्ना जासुसले चोरेको जनाएको छ।

एसडीएफका एक वरिष्ठ कमाण्डरले अमेरिकी सेनाको कारबाहीअघि आईएसका नेता बसिरहेको ठाउँ पत्ता लगाउन आफूहरूको स्रोतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

शनिवार उत्तरी सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा बग्दादीले ‘सुसाइड भेस्ट’ आत्मघाती विस्फोट गराई आफ्नो ज्यान लिएका थिए ।

अक्टोबर २७ को सैन्य कारबाहीबारे घोषणा गर्दा ट्रम्पले कुर्दहरूले महत्त्वपूर्ण सूचना उपलब्ध गराएको बताएका थिए । यद्यपि सैन्य कारबाहीमा उनीहरूको कुनै भूमिका नरहेको उनले बताएका छन् ।

तर कमाण्डर पोलाट क्यानले सामाजिक सञ्जाल ट्विटरमा सोमवार गरेका पोस्टहरूमा अमेरिकी सैन्य कारबाहीमा एसडीएफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “सबै जासुसी र बग्दादीसम्म पहुँचका साथै उनी बसिरहेको स्थानको पहिचानमा हाम्रै भूमिका रह्यो । बम खसाल्न ठाउँ देखाउने, सहभागी हुने र कारबाहीलाई सफल पार्ने कुरामा अन्तिम समयसम्म हाम्रो गुप्तचर स्रोतको सहभागिता रह्यो ।”

बग्दादी भएको ठाउँ पत्ता लगाउने कामका लागि एसडिएफले मे १५ तारिखदेखि नै सीआईएसँग सहकार्य गरेको क्यानले बताए ।

भागेर एउटा सुरुङभित्र छिरेका अल(बग्दादीलाई अमेरिकी सैनिकले बाहिर आउन र आत्मसमर्पण गर्न भनेका थिए । तर अल(बग्दादीले आत्मघाती विस्फोट गराई आफूसँगै छोराछोरीको ज्यान लिए । त्यसपछि उनका शरीरका अवशेषहरूको परीक्षणबाट उनी मारिएको पुष्टि भएको राष्ट्रपति ट्रम्पले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group