ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछ– प्रधानमन्त्री ओली


admin
१५ कार्तिक २०७६, शुक्रबार   ६ : ०१   बजे

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताउनुभएको छ ।

छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गर्नुभएको छ । “यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उहाँले सन्देशमा भन्नुभएको छ, “यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।”

प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताउनुभभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “छठपर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ ।”

छठपर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गर्नुभएको छ । उहाँले स्वेदश तथा विदेशमा बसेर छठपर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu