ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कन्टेनरमा फेला परेका सवै मृतक भियतनामी भएको प्रहरीको विश्वास


admin
१६ कार्तिक २०७६, शनिबार   १ : २७   बजे

लण्डन, १६ कात्तिक । बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ । प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सवै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन् ।

उपप्रहरी प्रमुख टिम स्मिथले ३९ वटा शवको अनुसन्धानबाट यस्तो निश्कर्ष निकालिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताउनुभयो स्मिथले आफूहरु भियतनामी सरकारको सम्पर्कमा रहेको र मृतकहरुकोे सनाखत पुष्टि गर्ने प्रमाणहरु संकलन भईरहेको जानकारी दिनु भएको छ ।

यी व्यक्तिहरुको परिचय पत्ता नलागेको, तर उनीहरुको बारेमा अनुसन्धान र प्रमाण संकलनको काम पनि भइरहेको छ, स्मिथले भन्नुभयो ।शव भेटिएको केही समयपछि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले उनीहरु सवै चिनियाँ नागरिक हुनसक्ने बताएको थियो । गत अक्टोबर २३ मा ग्रेज एसिक्समा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको कन्टेनरभित्र ती ३९ वटा शव फेला परेको थियो ।

मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला रहेका छन् । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको अधिकारीहरुले जनाएका छन् । शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले आफ्नो विदेशयात्रा असफल भएको’ परिवारलाई सन्देश पठाएकी दिएको यसअघि आएको जनाइएको थियो ।

लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ । शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group