ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय नयाँ नक्सा पाकिस्तानद्वारा अस्वीकार


एबीसी न्यूज
१८ कार्तिक २०७६, सोमबार   ११ : ४३   बजे

काठमाडौं, १८ कात्तिक ।  भारतले आइतबार जारी गरेको नयाँ राजनीतिक नक्सा पाकिस्तानले अस्वीकार गरेको छ । जम्मु काश्मीरलाई केन्द्र शासित प्रदेशमा बाँड्ने काम भएपछि भारतले आइतबार नयाँ नक्सा जारी गरेको थियो ।

जम्मु काश्मीरलाई विशेष राजनीतिक दर्जा दिने संविधानको धारा ३७० को व्यवस्था गएको अगस्ट ५ मा भारतले खारेज गरेपछि नयाँ नक्सा ल्याइएको हो ।धारा ३७० खारेजको निर्णय ३१ अक्टोबरदेखि कार्यान्वयनमा आएको हो । भारतले जारी गरेको नक्सामा पाकिस्तान नियन्त्रित काश्मीरको हिस्सा पनि देखाइएको जनाइएको छ । पाकिस्तानका तर्फबाट आइतबार जारी गरिएको वक्तव्यमा भारतको कुनैपनि कदमले जम्मु काश्मीरलाई संयुक्त राष्ट्र संघले दिएको ‘विवादित भूमि’को दर्जालाई उल्ट्याउन नसक्ने जनाएको छ ।

भारतको यो कदमले पाकिस्तान नियन्त्रित काश्मीरमा रहेका जनताको आत्मनिर्णयको अधिकारमा कुनै असर नपर्ने उसले जनाएको छ । पाकिस्तानले भारत नियन्त्रित काश्मीर क्षेत्रका जनतालाई पनि आत्मनिर्णयको अधिकारको लागि गर्ने संघर्षमा आफूले साथ दिने जनाएको छ । चीनले समेत यस नक्सालाई अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu