ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालंगा हाइड्रो पावरको सुरुङमा फसेका मजदुरको उद्धारमा कठिनाइ, काठमाडौंबाट प्राविधिक टोली जाँदै


एबीसी न्यूज
१८ कार्तिक २०७६, सोमबार   १२ : ५५   बजे

काठमाडौं, १८ कात्तिक ।  बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ । स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली जाँदै छ ।

नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी आइतबार दिउँसो ३ बजेबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सुरुङको सफाइ गर्न ट्याक्टरसहित छिरेको टोली सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । प्रहरीले जानकारी प्राप्त हुनसाथ उद्धारको प्रयास थालेको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले बताउनुभयो ।

‘स्थानीय टोलीभित्र गयो तर भित्र अक्सिजन नपुगेपछि दुईजना बेहोस भएपछि अहिले उद्धार स्थगित गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । काठमाडौंबाट विज्ञसहितको टोली हेलिकप्टरमा जाँदै छ । सम्पर्कविहीन भएलगत्तै प्रहरी उद्धारमा खटिए पनि अक्सिजन अभावमा सुरुङ प्रवेश गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बमले जानकारी दिनुभयो ।

अक्सिजन नपुगेपछि इलाका प्रहरी कार्यालय, बुङ्गलका प्रहरी सहायक निरीक्षक अमर भण्डारीलगायतको टोली अन्योलमा परेको छ । प्रहरी नायब उपरीक्षक बमका अनुसार, अक्सिजनकै कारण प्राविधिक टोलीले पनि उद्धार कार्य अघि बढाउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu