ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङका केही मतदान केन्द्रका स्थान हेरफेर


admin
२१ कार्तिक २०७४, मंगलबार   १२ : ३८   बजे

विराटनगर, २१ कात्तिक ।  मोरङका केही मतदान केन्द्रको स्थान हेरफेर गरिएकोे छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर–१०स्थित संसारीमाई स्थानमा रहेका सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्द्रलाई कोशी विद्या मन्दिरमा सार्ने निर्णय गरेकोे हो ।

त्यस्तै विराटनगर–६ स्थित शिक्षा सदन सरोचियामा रहेका १० वटा मतदान केन्द्रमध्ये चारवटालाई नजिकमा रहेको मणितारा बोडिङ स्कूलमा सार्ने सहमति भएको छ ।

बूढीगंगा गाउँपालिका–२ स्थित हेल्थ पोष्टको नयाँ भवनमा कायम रहेका तीनवटै मतदान केन्द्रलाई नजिककै लीलाभक्त श्रेष्ठ प्राथमिक विद्यालयमा सार्ने निर्णय गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले राजनीतिक दल र उम्मेदवारका साथै आचारसंहिता पालना गर्न दायित्व निर्वाह गर्ने व्यक्तिले पूर्णरूपमा आचारसंहिता पालना नगरेमा कडा कारबाही हुने बैठकमा चेतावनी दिनुभयो ।

सर्वदलीय बैठकमा निर्वाचन अधिकृत, निर्वाचन आयोगका साथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि र उम्मेदवार गरी ५५ जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu