ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनको सरकार निर्माण हुन्छ ः नेता श्रेष्ठ


एबीसी न्यूज
२३ कार्तिक २०७४, बिहिबार   ११ : ०८   बजे

काठमाडौँ, २३ कात्तिक (रासस) ः नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले आगामी मंसिरमा हुने निर्वाचनले देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) ले नागार्जुन नपा–९ स्युचाटारमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा पूर्वाधार विकास तथा आर्थिक समृद्धि कायम गर्न सरकारको स्थायित्वको खाँचो औँल्याउँदै त्यसका लागि संयुक्त वाम गठबन्धनको औचित्यलाई जनताले निर्वाचनमा पुष्टि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक रुपले पिछडिएका क्षेत्र, वर्ग, अल्पसंख्यकलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै एमालेको नेतृत्वमा वाम सरकार गठन भएपछि पिछडिएको वर्गको उत्थानका लागि विभिन्न आर्थिक परियोजनाका कार्यक्रम ल्याउने बताउनुभयो । प्रत्येक वडामा १० श्ययाको अस्पताल निर्माणको योजना रहेको उहाँको भनाइ थियो ।

प्रदेश नं (ख) का उम्मेदवार केशवप्रसाद पोखरेलले संयुक्त वाम गठबन्धनका विरुद्ध अनेक खालका षडयन्त्र शुरु हुन थालेकामा त्यसतर्फ चनाखो हुन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का समानुपातिक उम्मेदवार सुभद्रा भुजेलले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गरी पर्याप्त रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu