ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो


admin
७ मंसिर २०७६, शनिबार   ६ : २७   बजे

 

सान्टियागो, ७ मङ्सिर। चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश भरीका शहरहरूमा लुटपाट र प्रदर्शनहरू भएका छन् ।चिलीका प्रदर्शनकारीहरुले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक असमानताको विरोध गर्दै आएका छन ।

चिलीमा लोकतन्त्रको तीन दशकमा भएका संकटहरुमा यो सबैभन्दा खराब समय भएको र यस आन्दोलनको क्रममा २३ व्यक्तिले ज्यान गुमाउनुको साथै २ हजार व्यक्ति घाइते भएका छन् ।चिलीमा जारी यस हिसात्मक प्रदर्शनका क्रममा भएको पछिल्लो घटनाको रुपमा १३ वर्षीय एक केटोको मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीहरुले जानकारी दिएका छन् ।

सान्टियागो एक प्रदर्शन केन्द्रमा शुक्रबार हजारौं मानिस फेरि भेला भएर प्रदर्शन शुरु गरेका जनाइएको छ । प्रदर्शनकारी मध्येका एक युवती क्लाउडिया ओर्टोलानीले एएफपीलाई भनिन ‘हामीले आफ्नो अभिव्यक्ति जारी राख्नै पर्छ किनभने हामीले केही हासिल गरेका छैनौं किनभने दमन जारी छ ’ सरकारले शान्ति सम्झौता जस्तै नक्कली सम्झौताहरूमा हस्ताक्षर गरिरहेको छ।’

चिलीमा मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा करिब पाँच हप्ता अघिबाट हिंसात्मक आन्दोलन शुरु भएको थियो । मानिसहरु पुनः सडकमा भेला हुन थालेपछि चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराको सरकारले जनतालाई शान्त हुनको लागि आग्रह गर्नु भएको छ ।त्यसैगरी सबै गहृमन्त्री गोन्जालो ब्लुमेलले अशान्ति अन्त्य गर्न सवै राजनितिक शक्तिहरुलाई अपिल गर्नु भएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu