ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिन्दूवादी पार्टीबाट चुनाव जित्ने मुस्लिम अञ्जार ?


admin
२० असार २०७४, मंगलबार   ३ : २५   बजे

काँकडभिट्टा झापा, २० असार । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ।

जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले ।

उहाँ स्थानीय तहको चुनावमा कचनकबल गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवार बन्नुभएको थियो । केचना, बनियानी, पथरियालगायतका गाविस मिलाएर बनाइएको कचनकबल गाउँपालिकामा नेपालकै सबैभन्दा होचो भूभाग पनि छ ।

मुलुककै सबैभन्दा होचो भूभाग भएको गाउँपालिकाको निर्वाचनबाट अन्जारले धार्मिक सहिष्णुताको अनुपम र सर्वोच्च नमुना पनि प्रस्तुत गर्नुभएको छ, जुन यतिबेला मुलुकभरि चर्चित समाचार बनिरहेको छ ।

अन्जार स्थानीय क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ । पहिलो जिल्ला विकास समितिको निर्वाचनमा उहाँ त्यसै क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधिको अनुभव पहिल्यै सङ्गालिसकेका उहाँ राप्रपाका पुराना कार्यकर्ता हुनुहुन्छ । राप्रपाको स्थापनाकालदेखि नै सो पार्टीमा लागेका उहाँ दक्षिणपूर्वी झापामा पार्टीको खम्बा बनेर उभिँदै आउनुभएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन बताउनुहुन्छ ।

“इमान्दार र जनताको सेवकको रुपमा उहाँले आफ्नो छवि बनाउनुभएको छ”, महामन्त्री लिङ्देनले भनुभयो–“अहिलेको जस्तो प्रतिकूल परिस्थितिमा पनि गाउँपालिका जित्नु उहाँको लोकप्रियताको प्रतिफल मान्नु पर्छ ।”

आइतबार राति नै अन्जारले चुनाव जितिसकेको घोषणा आइसकेको थियो । उपाध्यक्षमा पनि राप्रपाकै निम्सरी राजवंशीले जित्नुभएको थियो । तर विजय जुलुस भने सोमबार बिहान मात्रै भएको थियो ।

जुलुसमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रमुख अतिथि हुनुहुन्थ्यो । बिहानको जुलुसमा अन्जार हजारौँको भीडमा नायकझैँ अभिवादन फर्काइरहनुभएको थियो । राप्रपाको झन्डा फरफराइरहेको थियो भने समर्थकले नारा घन्काइरहेका थिए ।

बनियानी बजारको कालीमन्दिरमा अन्जारलगायत उहाँको विजयी टोलीले हिन्दू देवता साक्षी राखेर भ्रष्टाचार नगर्ने शपथ लिएको छ । नियमले दिने सुविधाबाहेक एक पैसा पनि नलिने उहाँले मन्दिर र जनतासामु कसम खानुभयो ।

“नेपालको पहिचानको रुपमा हिन्दूराष्ट्र हुनुपर्छ”, मुस्लिमको छोरा हिन्दूवादी पार्टीको नेता कसरी भन्ने आम जिज्ञासातर्फ लक्षित गर्दै अन्जार भन्नुहुन्छ– “हाम्रो पार्टीले सबै जनताले हिन्दू बन्नुपर्छ त भनेको छैन नि १”

राप्रपा भनेको हिन्दूवादी पार्टी हो भन्ने आम बुझाई भएपनि झापाको कचनकबलमा मात्र होइन, मुस्लिम बहुल नेपालगञ्जको प्रमुखमा पनि राप्रपाले नै जित हात पारेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group