ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक


admin
२६ कार्तिक २०७४, आइतबार   ३ : ३१   बजे

भक्तपुर, २६ कात्तिक ।  तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गाल)को डिभिडी आज सार्वजनिक गरिएको छ ।

रु २५ लाखको लागतमा बनेको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, विपन्न र उत्पीडनमा परेका वर्गमाथि पूँजीपति वर्गले गरेको अन्याय, अत्याचार, शोषण र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गरिएको चलचित्रका निर्माता बिकु थोकरले जानकारी दिनुभयो ।
कार्यक्रममा लामा गुरु लाक्पा दोर्जे तामाङले डिभिडी सार्वजनिक गर्दै अर्थ अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताउनुभयो ।

चलचित्रका नायकमा जगे लोप्चन, नायिकामा सुनिता लुङ्बा, खलनायकमा थोकर, नृत्यमा सिर्जना तामाङ, सुष्मा मुक्तान, सफल दोङलगायत कलाकारको भूमिका छ । चलचित्रको निर्माण थोकर फिल्म्स प्रालि र निर्देशन शंकर महर्जनले गरेको बताइएको छ ।

चलचित्रमा संगीत विशाल कल्ताङ र विशाल थिङ तथा रचना कुमार श्याङ्वाको रहेको छ । चलचित्रको कथा ऋतुराज पाख्रिनले लेख्नुभएको छ । चलचित्रको नृत्य निर्देशन अजय श्याङतानले गर्नुभएको छ ।
देशका १४ जिल्लाका ३५ ठाउँमा प्रदर्शन गरिएको उक्त चलचित्रबाट आम्दानी भएको रु ३५ लाखमध्ये रु १५ लाख गुम्बा र मन्दिर निर्माणमा सहयोग पु¥याउनाका साथै मिर्गौला तथा अर्बुद रोगीका उपचारमा समेत खर्च गरिएको निर्माता थोकरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

‘गुराँस फुल्दा’को नयाँ भर्सनप्रति सुस्मिता केसीको असन्तुष्टि

साउन २९ देखि प्रदर्शनमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढाव मुख्य कथावस्तु

गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

१९ वर्षपछि ‘आवारापन–२’ मा फर्किँदै इमरान हाश्मी, अग्रिम बुकिङ उत्साहजनक

श्रद्धा कपुरको ‘ईथा’को प्रदर्शन मिति सर्‍यो, अब ‘टक्सिक’सँग भिडन्त नहुने

साहित्यकार विजय मल्लको ‘अनुराधा’मा आधारित चलचित्र निर्माण हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu