काठमाण्डौं, २७ कार्तिक । इरान र इराकको सीमावर्ती क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा १ सय ३५ जनाको मृत्यु भएको छ ।
इरानको पश्चिमी केरमनसा प्रान्तमा १ सय २९ जना र इराकमा ६ जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् । ३ सय बढी व्यक्ति घाइते भएको स्थानिय संचारमाध्यमले जनाएका छन् । भूकम्पको केन्द्र विन्दु इराकको हलब्जाबाट दक्षिण –पश्चिम ३२ किलोमिटर टाढा पर्ने अमेरिकी भौगर्भिक सर्वेक्षणले देखाएको छ । भूकम्पको धक्का धेरै प्रान्तहरुमा महसुस गरिएको थियो । जनधनको क्षतिबारे पूर्ण विवरण आइसकेको छैन । भूकम्पले बढी प्रभावित गाउ“मा बिजुली, टेलिफोन सेवा बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्