ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको यस्तो निर्देशन पछि काठमाण्डौमा हुदैछ ठुलो परिवर्तन !


admin
२० मंसिर २०७६, शुक्रबार   १ : १६   बजे

काठमाडौं, २० मंसिर । काठमाडौँ उपत्यकाको समग्र सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा अध्ययन गरी त्यसको सुधारका लागि कार्ययोजना अगाडि बढाएको हो ।कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका निर्देशक शिवहरि सापकोटा, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक, काठमाडौँ महानगरपालिकाका सहरी विकास महाशाखा प्रमुख उत्तर रेग्मीलगायतका सदस्य रहनुभएको छ ।

कार्यदलले केही समयभित्रैमा काठमाडौँका सबै सडकको अवस्था बुझेर अब सरकारले गर्नुपर्ने कामको योजना बनाउने सडक विभागका निर्देशक शिवहरि सापकोटाले बताउनुभयो । विभिन्न सडकमा पैदलयात्रु मार्ग फुटपाथको अवस्था, आकाशेपुल, सडक बत्ती, सडक पार गर्ने ठाउँ जेब्राक्रसिङ लगायतका पूर्वाधारका बारेमा अनुगमन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक र त्यहाँ रहेका पूर्वाधारको अवस्थाका बारेमा समग्र जानकारी लिएर त्यसकै आधारमा अघि बढिनेछ ।”

सडक निर्माण र सुधारका क्षेत्रमा कार्यरत वा सडकसँग प्रत्यक्ष वा परोक्ष सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदलले सडक सुधारका लागि कार्ययोजना बनाउने बताइएको छ । सडक स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि रहेका कानूनीलगायतका अवरोधसमेत हटाउने योजना छ । कार्यदलमा रहेका निकायहरुले आगामी दिनमा कसले के गर्ने भन्नेसमेत तय हुने निर्देशक सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी केही दिनदेखि नै स्थलगत अध्ययन गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group