ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काली पूर्वको भूभाग नेपालकै हो– सभापति देउवा


admin
२० मंसिर २०७६, शुक्रबार   ७ : ३३   बजे

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काली पूर्वको भूभाग नेपाली भूमि भएको बताउनुभएको छ । नेपाल पे्रस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले काली पूर्वको कालापानीसहितको भूभाग नेपालको भएको बताउनुभयो ।

महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उहाँले यसको पूर्वको भूभाग नेपालको भएकोे बताउनुभयो । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरिएको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उहाँले बताउनुभयो । सभापति देउवाले अङ्गे्रजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी नदी भन्ने गरेको नदीनै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हँुदा यस पूर्वको भाग नेपालको भएको बताउनुभयो ।

सभापति देउवाले भारतले नक्सा छापेर कालीपानी आफ्नो भनेकोमा यसको विरोध सरकारले कडा रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरु सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भए पनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाउनुभयो । पे्रस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “यसकारण पे्रस स्वतन्त्रता हुनुपर्छ ।” उहाँले पे्रसमाथि हुने हमला भनेको प्रजातन्त्र माथिको हमला भएकोसमेत बताउनुभयो ।

कार्यक्रममा सुर्यभक्त–पतनादेवी स्मृती राष्ट्रिय पुरस्कारबाट पत्रकार किशोर नेपाललाई सम्मानसमेत गरिएको थियो । प्रेस युनियन नवलपुरले १५ वर्षअघि स्थापना गरेको पुरस्कारले यस वर्ष नेपाललाई प्रदान गरिएको हो । सभापति देउवाले सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । नेपाललाई रु २५ हजार र ताम्रपत्रले सम्मान गरिएको पे्रस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताउनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उहाँका धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu