यतार्थमा भन्दा सामाजिक रुपमा अपमानित भएर युरोप अमेरिकामा रेस्टुरेन्ट व्यवसाय गर्नेको भन्दा नेपालमा ठेला व्यवसाय गर्नेको ईज्जत छ । पिएडी-प्रोफेसर जागिर गर्ने भन्दा नेपालमा प्रावी विधालयका शिक्षकको ईज्जत छ । डिभी परेर गएका बिचराहरुको भन्दा खोलामा गिट्टी, बालुवामा काम गर्नेको ईज्जत छ । यसको मतलब अरुको देशमा गएर त्यहाँका नागरिकका नजरमा अपमानित भएर बस्नु भन्दा आफ्नै देशमा ठेला व्यवसाय, प्रावी विधालयका शिक्षक, गिट्टी, बालुवामा काम गर्न ठीक हुन्छ ।
टेक्नोलोजीको शताब्दीमा विश्वका बिकासित भन्ने मुलुकका नागरिकहरु आफ्नै देशमा आत्मनिर्वर भएर बसेका बेला नेपालीहरु भने ति देशमा डिभी परेर, रोजगारी, घुम्न-पढन् भन्दै उतै लुकेर बस्ने, नागरिता नै त्याग गरी बस्ने ईत्यादी गरेको देखिन्छ । हामी नेपालीलाई सबै जिन्दगी, पैसा, दुनियाँ ति स्वर्ग भनिने देशमा छ भन्नेगलत सोचाई छ । जिन्दगीको विकल्प भनेको विदेश नै हो भन्ने वातारण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बनाइदिएको छ । एनआरएनए जस्ता संघ- संगठन हुनु भनेको नेपाल सदा विदेशीको भरमा चल्नु हो । नेपाल, नेपालीलाई आत्मनिर्भर हुन नदिनु हो । नेपालीलाई आत्मनिर्भर बनाउने, आफ्नै देशमा रोजगारको वातावरण बनाउने हो भने वैदेशिक रोजगार विभाग र एनआरएनएलाई तुरुन्त खारेज गर्नुपर्छ । वैदेशिक रोजगार विभाग राखेर सरकारले आफ्नै जनता बेच्ने काम गरेको, आफ्नै युवा शक्ति, श्रमलाई बाहिर बेचेको छ । त्यो माथि एनआरएनएको नाममा खाडी, युरोप अमेरिकामा दु:ख पाएर श्रम गरेका, सानोतिनो व्यवसाय गरेर बसेका नेपालीबाट चन्दा उठाई लुट्ने काम गरिरहेका छन् । यो नेपालीलाई लुट्न बनाएको एनआरएनएले कहिले पनि नेपालको हितमा काम गर्दैनन् । एनआरएनए, वैदेशिक रोजगार विभाग बन्द नहुन्झेल नेपाली र नेपालको अवस्था गरिव रहन्छ । अबको बिकास भनेको एनआरएनए, वैदेशिक रोजगार विभाग बन्द गरी विदेशमा बसेका नेपालीलाई स्वदेशमा फिर्ता गर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरी स्वदेशमा रोजगारीको व्यवस्था गर्ने हो । २ दर्शक अगाडि भारत बाहेक वैदेशिक रोजगार, युरोप अमेरिका जानेको संख्या कम थियो । त्यो बेला नेपालमा कृषि, खाद्यान्न, फलफुल लगायतका अतिवाश्यक सामानको आयत कम थियो। जनघनत्व उस्तै थियो । गाउँका जग्गा बाँझो थिएनन् । एक परिवारले वर्षभरीको उत्पादन आँफै गर्ने गर्थे । विदेशमा बसेका नेपालीलाई स्वदेशमा फिर्ता गरेर गाउँका उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्न सकिन्छ । हामी नेपालीललाई आफ्नै जामिनमा सदुपयोग गरी खान, बस्न लागि पुगेता पनि विरामी पर्दा उपचारको लागि पैसा खर्च अवस्था छैन् । तसर्थ सरकारले सम्पूर्ण नेपालीको शत प्रतिशत स्वास्थ्यको जिम्मा ल्याउनु पर्छ । मात्र हामी नेपालीलाई सम्पूर्ण नि:शुल्क स्वास्थ्य उपचार सेवा होस् । नेपालीलाई खाडीमा जान वाध्य परेको प्रमुख एक कारण नि:शुल्क स्वास्थ्य सेवा नहुनु हो । सम्पूर्ण उपचार नि:शुल्क भएमा आफ्नै गाउँ- ठाउँमा बसेर उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्न सक्न्नुका साथै वर्षभरीको लागि आँफै उत्पादन गरेमा बाहिरी देशको निर्भर हुनुपर्ने छैन् ।
नेपाली नागरिता (आमा) त्याग्नेले दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोज्नु भनेको ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइ राख्नुपर्ने चुनौती थपिएको हो । नेपाली मुलका विदेशीलाई सबै क्षेत्रमा कडाई गर्नुपर्छ । उनिहरुलाई अन्य विदेशी पर्यटकलाई भन्दा प्रवेशाज्ञा (भिसा) शुल्क बढी लिनुपर्छ । आफ्नै नेपाली नागरिता ( आमा ) त्याग्ने उनिहरु एक प्रकार सत्रु हुन् । उनिहरु स्वार्थी नेपाल र नेपालीको लागि कहिलै भलो चिताउदैनन् । नेपालको कुनै नागरिकले आफू खुशी कुनै. विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता स्वतः लोप हुने भनेता पनि अहिलेसम्म ९९% ति पुर्व नेपालीले अहिलेसम्म नेपाली नगरिता त्यागेका छैन् । यसलाई पनि सरकारले कडाई गर्नुपर्छ ।
अझ अचम्म त के भने अर्काको देशमा गएर बस्दा लाज त हुनुपर्ने त्यो माथि कांग्रेसको जनसंपर्क समिती, नेकपा, मसालका एकता समाज समिती गरेर राजनीनिक गरेको देखिन्छ । अर्काको देशमा लुकिछिपी राजनीतिक समिती बनाउने, गराउनेलाई बन्देज लगाउनु पर्छ । अर्काको देश जहाँ अपमान हुन्छ त्यहाँ गएर बस्ने अनी राजनीतिक गर्नु भन्दा नेपाल फर्केर समिती, संघ- संस्था बनाउदा हुन्छ ।
अब खाडी-मलेसिया, युरोप, अमेरिका विदेश बस्छु भन्ने नेपालीहरु तल्लो दर्जाका हुन् भन्ने मान्यता स्थापित गर्नुपर्छ । तर हामी नेपालीहरु काम गर्न होइेन्, विदेश घुमेर आएको भन्ने बातावरण निर्माण गर्नुपर्छ । अब विदेशमा होइेन आफ्नै देशमा बस्नु पर्छ, व्यवसाय, कृषि, काम मिहिनेत आफ्नै देशमा गर्नुपर्छ । यो बातावरण बनाउनको लागि पनि एनआरएनए बन्द गर्नुपर्छ ।
अहिले नेपालमा ४० लाख बढी गैर आवासीय भारतीय नागरिकहरु बस्छन् । जुन विश्वका अन्य देशमा तुलनामा सबैभन्दा बढी भारतीय रहेको नेपालमा हो । नेपालमा बस्ने लगभग ९५% काम, व्यवसाय गर्ने गैर आवासीय भारतीय नागरिकहरुले कुनै आयकर, भ्याट नतिरेको तथ्याङ छ । जसलाई सरकारले कनुनी दायरामा ल्याउनै पर्छ ।
अहिले करिब गैरआवासीय नेपालीको संख्या ८० लाख छ । सबैभन्दा बढी खाडी र मलेसियामा होलान् । खाडीमा २०–२५ लाख होलान् । मलेसियामा पनि ५–६ लाख होलान् । अमेरिकामा साढे चारदेखि ५ लाख होलान् । पूरै युरोपमा करिब ५ लाख होलान् । युकेमा मात्रै डेढ लाखभन्दा बढी नेपाली छन् । त्यसपछि जर्मनी, पोर्चुगल, बेल्जियमलगायत मुलुकमा नेपाली धेरै छन् । अष्ट्रेलीयामा दुई लाख नेपाली पुगिसकेका छन् । अफ्रिकामा केही हजारको सख्ंयामा मात्र नेपाली छन् । त्यहाँ नेपालीहरू ५–७ वर्ष मात्र बस्ने गरेका छन् । युरोप–अमेरिका जाने उतै बस्न खोज्छन् ।
समग्रमा; विश्वमा भारत जस्ता केही थोरै देश बाहेक वैदेशिक रोजगार मन्त्रालय नै खोलेर विदेशमा श्रम बेच्ने काम नेपालले गर्दै आएको छ । वैदेशिक रोजगार विभाग खोलेर आफ्नै जनता बेच्ने काम नेपाल सरकारले तुरुन्त बन्द गर्नुपर्छ । अब एनआरएनए, वैदेशिक रोजगार विभाग तुरुन्त बन्द गरी नेपालले विश्वका धनी भन्ने मुलुकसँग विदेश निती बलियो गराउनु पर्छ । ल्याटिन अमेरिकाका कयौ देशले पछिल्लो समय आफ्ना नागरिकहरुलाई व्यवसाय, आवतजावातको लागि युरोप लगायतका धनी देशमा ३ महिनाको लागि भिसा (प्रवेशाज्ञा) नितीमा परिवर्तनको लागि पहल गरेको देखिन्छ । जसले गर्दा अहिले ति देशका नागरिक युरोपका शेन्जेन देश लगायत विश्वका कयौ देशमा ३ महिनाका लागि बिना भिसा भ्रमण गर्न पाएका छन् । तसर्थ नेपालले अब तुरुन्त विश्वभर कम्तिमा पनि ३ महिनाका लागि बिना भिसा नेपाली नागरिकका लागि आवतजावत गर्न सक्ने गरी अन्तरराष्ट्रिय रुपमा सबै देशसँग एक – एक गरी पहल गर्नुपर्छ । यदी कुनै पनि देशले सकारात्मक हुँदैन भने ति देशमा नेपाल प्रवेशमा कडाई गर्नुपर्छ, चाहे त्यो सगरमाथा, गौतम बुद्द- लुम्बिनी घुम्न आउने, नेपाल पर्यटन वर्ष २०२० किन नहोस् । यदी नेपालले प्रवेशाज्ञा लगायत विदेश नितीमा कडाई गरे ति देश पनि क्रमश नेपालको विदेश नितीमा सकारात्मक हुनुका साथै नेपाललाई हेर्ने नजरमा परिवर्तन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्