ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई मतदान गरे गिरिजाप्रसाद कोइरालाप्रति न्याय हुने !


sharan sharan
२७ कार्तिक २०७४, सोमबार   ७ : १३   बजे

विकास पौडेल, चितवन ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताहरु गाउगाउमा भोट माग्न व्यस्त छन्। भोट माग्ने क्रममा उनीहरुले जनतालाई विभिन्न योजनाहरु पनि बाडिरहेका छन् । योजना र सपना बाड्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूले राजनीतिक परिवर्तनका लागि दश वर्ष, शान्ति प्रक्रियाका लागि दश लगानी गरेको र आफ्नो जीवनको अर्को दश वर्ष देशको आर्थिक समृद्धिमा समर्पित गर्न चाहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले दश वर्ष राजनीतिक परिवर्तन, दश वर्ष शान्ति प्रक्रियामा बिताएको र आगामी दश वर्ष देशको आर्थिक समृद्धिमा समर्पित गर्न चाहेको बताएका छन् । चितवनमा भएको चुनावी घरदैलो कार्यक्रममा सहभागी हुने क्रममा कार्यक्रमहरुलाई सम्बोधन गर्दै आध्यक्ष प्रचण्डले दश वर्ष राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्षमा, दश वर्ष शान्ति प्रक्रियामा र आफ्नो जीवनको आगामी दश वर्ष देशको आर्थिक समृद्धिमा समर्पित गर्न चाहेको बताएका हुन् ।
चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डले विगत केही दिनयता घरदैलो अभियान चलाइरहेका छन् ।
घर दैलो अभियानका क्रममा अध्यक्ष प्रचण्डले दश वर्षे सशस्त्र संघर्ष तेस्रो जनआन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै देशलाई शान्तिपूर्ण बाटोमा ल्याउन भएको शान्ति सम्झौतामा हस्ताक्षर गर्नेमध्ये आफू मात्र जिवित रहेको भन्दै नेपाली कांग्रेसका नेता, कार्यकर्ता र समर्थकले आफूलाई मत दिनुको विकल्प नरहेको बताए ।
विगत एक सातादेखि चितवन क्षेत्र नम्बर ३ का जनताको घरघरमा पुगेका प्रचण्डले आफू हुर्केको ठाउ भएकाले चितवनको विकासका लागि आफू चितवनबाट उम्मेदवार बनेको बताए । अध्यक्ष प्रचण्डले आगामी एक दशकभित्र विश्वले चिन्ने गरी देशको विकास गर्ने बताए ।
चितवनमा आफ्नो प्रतिस्पर्धी नेपाली का“ग्रेस मात्र रहेको भन्दै प्रचण्डले का“ग्रेसले उम्मेदवारी नै नदिएकाले आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरे ।
पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौ क्षेत्र नम्बर १० बाट निर्वाचित प्रचण्ड दोस्रो संविधानसभामा सिरहा–५ बाट निर्वाचित भएका हुन् । नया संविधान जारी भएपछि हुन गइरहेको प्रतिनिधितिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका हुन् । बाम गठबन्धनबाट उम्मेदवारी दिएका प्रचण्डविरुद्ध लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका विक्रम पाण्डेले उम्मेदवारी दिएका हुन् । पाण्डे निर्माण व्यवसायी हुन् । राप्रपा विभाजित बनेपछि गठन भएको पशुपति सम्शेर राणाको राप्रपा प्रजातन्त्रिक लोकतान्त्रिक गठबन्धनमा समावेश भएपछि पाण्डेले उम्मेदवारी दिएका हुन् । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काग्रेसले चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

पराजयपछि फेरि ब्युँतियो वाम एकताको बहस : पुनर्गठन कि अवसरवादी ध्रुवीकरण ?

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu