ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध छ– प्रधानमन्त्री ओली


admin
२५ मंसिर २०७६, बुधबार   ८ : ००   बजे

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । तेह्रौँ दक्षिण एशियाली खेलकूद सागमा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पुरस्कार घोषणा कार्यक्रममा उहाँले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिएका सबैलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले पदक प्राप्ति शुरुआत मात्र भएको र आउँदो चौधौँ सागमा नेपालले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामी सधैँ स्वर्ण पदक प्राप्त गर्ने प्रयासमा रहनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । करिब ४६ मिनेटको आफ्नो शुभकामना तथा बधाई मन्तव्यमा प्रधानमन्त्री ओलीले १३औँ साग प्रगतिमूलक रहेको बताउनुभयो । “हामी कतिपय खेलमा सहभागी हुन नसक्ने अवस्थामा पनि खेलाडीले स्वर्ण पदक जित्नुभएको छ”, उहाँले भन्र्नुभयो, “हामी सबै नेपाली खुशी छौँ, देश खुशी छ ।” विगतमा एउटामात्र रङ्गशाला रहेको अवस्थामा यसपालि काठमाडौँ, पोखरा र जनकपुरमा सागका विभिन्न खेल सञ्चालन गर्न सकेको उहाँले उल्लेख गर्नुभयो । अर्को पटक नेपालले साग आयोजना गर्दा मुलुकका सातवटै प्रदेशमा नयाँ र स्तरीय रङ्गशाला निर्माण भइसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

तेह्रौँ सागको उद्घाटन तथा समापन समारोहमा दशरथ रङ्गशालामा आफू प्रत्यक्ष सहभागी भई अवलोकन गर्ने इच्छा भए पनि स्वास्थ्यका कारण आउन नसकेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । “मैले निवास र अस्पतालबाटै विभिन्न खेलको अवलोकन गरेँ”, उहाँले भन्नुभयो, “अस्वस्थताका कारण भिडियो कन्फरेन्समार्फत शुभकामना तथा बधाई सन्देश दिएको हुँ”, विदेशी नागरिकले नेपालीको सहयोग बिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नसकेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक खेल जित्न सक्ने सामथ्र्य नेपाली खेलाडीमा रहेको उल्लेख गर्नुभयो । उहाँले इमान्दारी र मेहनत नै सफलताको कडी भएको बताउनुभयो ।“जित्छु भनेर खेलेपछि जितिन्छ”, बालुवाटारमा उपस्थित तीन सयभन्दा बढी खेलाडी, प्रशिक्षक र खेलकूद पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो । तेह्रौँ सागको पौडीमा चार स्वर्णसहित कूल नौ पदक जितेकी गौरिका सिंहको नाम उल्लेख गर्दै उहाँले सबै खेलाडीले आगामी प्रतियोगितामा स्वर्ण जित्ने उद्देश्यका साथ खेल्नुपर्नेमा जोड दिनुभयो । “प्रत्येक खेलाडीले आफ्नोे कीर्तिमान आफँै भङ्ग गरेर खेल्नुपर्छ”, उहाँले भन्नुभयो । सागको पुरुष फुटबलको फाइनलमा भूटानसँगको खेलमा नेपाली टोलीले विगतभन्दा राम्रो खेलेको सम्ँिझदै प्रधानमन्त्री ओलीले सबै खेलाडीलाई अभ्यास बढाउन आग्रह गर्नुभयो ।

सो अवसरमा युवा तथा खेलकू्दमन्त्री जगतबहादुर विश्वकर्माले प्रधानमन्त्री ओलीलाई १३औँ सागको मस्कट उपहारस्वरुप हस्तान्तरण गर्नुभएको थियो । पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया लगायतको उपस्थिति थियो ।

सो अवसरमा राखेप सदस्यसचिव सिलवालले शुक्रबार १३औँ सागका विजेता खेलाडीलाई उपत्यकाका तीनवटै शहरमा रथारोहण गरिने जानकारी गराउनुभयो । मङ्गलबार सम्पन्न सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जित्दै प्रतियोगितामा दोस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group