ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली कम्पनीहरुको लेखा परीक्षण नगर्न अर्थमन्त्री खतिवडाको आग्रह


admin
६ पुस २०७६, आइतबार   ३ : १५   बजे

काठमाडौं, ६ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुल्य मान्यता भन्दा बाहिर गएर नक्कली कम्पनीहरुको लेखा परीक्षण नगर्न लेखा परीक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । लेखा परीक्षकको धर्म लेखापरीक्षण मात्रै नभएको र कुन कम्पनी के कस्तो उद्देश्यले स्थापना भएको छ त्यो पनि बुझ्नु जरुरी रहेको उहाँले बताउनुभयो । कानुन व्यवसायीले मुद्धा जस्तो सुकै भएपनि व्यवसायीक मर्यादा बहस गर्नु हो भनेजस्तै लेखाको मान्छेले कम्पनी जस्तो सुकै भएपनि लेखा परीक्षण गर्ने धर्म हो भन्न नमिल्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको चेतावनी दिँदै अर्थमन्त्री खतिवडाले त्यस्ता कम्पनीहरुलाई सुधार गर्न चुनौती थपिँदै गएको बताउनुभएको छ ।फाइनान्सियल फ्रडकै लागि कतिपय कम्पनीहरु नक्कली नागरिकता र नक्कली सेयरधनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने गरेको पाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘फ्रड फर्म दर्ता हुने, त्यसको ब्यालेन्ससिट बन्ने, त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्योलता देखिएको छ । एकाउन्ट हेर्दा सबै ठिकै छ । अडिटर जानुहुन्छ, मैले जाने बुझे अनुसार सबै विवरण ठिक छ भन्नुहुन्छ, सही गर्नुहुन्छ, त्यसको फ्रड जरैबाट हुने गरेको छ ।’

संविधान कार्यान्वयनको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको आधिकार क्षेत्रको विषयमा जवाफदेहिताका विषयहरुमा अन्यौल कायमै रहेको उहाँले बताउनुभयो । विद्यमान अन्यौलहरुको अन्त्य गर्न कतिपय कानुन बनिसकेको उहाँले बताउनुभएको छ । अझै केही बन्ने क्रममा रहेको संसदमा रहेको उल्लेख गर्दै उहाँले कानुन निर्माण भएपछि संघीयतासँग जोडिएका अन्यौँल र त्यसको सिर्जना गर्न सक्ने व्यवसायिक अन्यौलहरु, व्यवसायिक क्षेत्रका मान्छे सबैलाई व्यवस्थित हुने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group