काठमाडौं २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनका लागि संगै बसेका बेला ४ पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवातिर व्यंग्य गर्दै प्रचण्डतिर फर्केर भने ‘४ पटक त हुनु हुंदैन है । ‘ ‘तपाईं पार्टीको अध्यक्ष भइसक्नु भयो । दुई पटक प्रधानमन्त्री भइसक्नु भयो । के अव हामी महाअध्यक्ष हुने ? उपर अध्यक्ष हुने ? होइन हामी देश बनाउंछौ पार्टी एकता गर्दछौं । ‘
ओलीले सोही प्रसंगलाई लम्व्याउंदै चुनाव पछि आफु प्रधानमन्त्री हुने प्रष्ट संकेत गर्दै भने ‘ओलीका लागि होइन भोलिका लागि सौचौं । हो भोलि कस्तो बनाउंछु भन्ने कुरा बताइरहनु पर्दछ र ?’ ओलीको प्रतिप्रश्न थियो ।
ओली र प्रचण्डले संयुक्त रुपमा पत्रकार भेटघाट गर्दै भने सरकारले आचारसंहिता मात्र उल्लंघन गरेको छैन । कतै त विप्लवसंग सांठगांठ गरेर चुनाव भांड्न त खोजेको होइन भन्दै गम्भीर आशंका व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्