ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल र सुखी नेपालीका लागि गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्छ– अध्यक्ष प्रचण्ड


admin
१० पुस २०७६, बिहिबार   ६ : ०७   बजे

 

काठमाडौं, १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीका लागि गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताउनुभएको छ । आज चितवनको सौरहामा हात्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलन विकासको कुरामा खुट्टा तानातान गर्न नुहने बताउनुभयो । प्रचण्डले अवको दशकलाई विकास र समृद्धिको दशकका रुपमा अगाडि बढाउन आह्वान गर्नुभयो । तर, इतिहासका धेरै कुरा, आन्दोलन परिवर्तनका लागि नेपाली एकजुट भए पनि विकास र समृद्धिका लागि अहिलेसम्म एकजुट हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि सबै नेपाली एकजुट रहेको बताउनुभयो । उहांले इतिहास, संस्कृति राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डताका निम्ति सवै एक हुनुपर्ने बताउदै नेपालको भूमि कसैले एक इन्च पनि मिचेको सहन नसक्ने प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले नेपालीको आफ्नै संस्कृति, मूल्य, मान्यता, मनोविज्ञान भएको र त्यही अनुसार अगाडि बढ्न चाहेको समेत बताउनुभयो । उहाले नेपालको गौरवशाली इतिहासलाई स्मरण गर्दै विकासको लक्ष्यमा गति दिन संकल्प र प्रतिवद्धता गर्ने बेला आएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group