ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामा लागनी बढाउन आवश्यक– अध्यक्ष प्रचण्ड


admin
१३ पुस २०७६, आइतबार   ८ : ४१   बजे

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,“समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा हो, जबसम्म शिक्षामा प्रगति हँुदैन र राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको निम्ति लगानी बढाउँँदैन, तबसम्म विकास र समृद्धिले गति लिन सक्दैन ।’’ उहाँले विकसित देशले अहिले पनि शिक्षामा लगानी बढाएका छन् भने नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ केही वर्षअघि आँधीहुरी जस्तो निजी विद्यालय खुल्ने क्रम बढ्यो, सार्वजनिक विद्यालय नाजुक हुनुपर्ने अवस्थामा पुग्यो तर अहिले सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा राम्रो सुधार गरिरहेका छन्, सार्वजनिक विद्यालयलाई जति राम्रो गर्न सक्यो समृद्धिको यात्रालाई त्यत्तिकै तीव्र गतिमा लैजान सक्छौँ ।’’ उहाँले आफू प्रधानमन्त्री हँुदा सो विद्यालयको भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विसं २०२७ मा स्थापना गरिएको यस विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक तथा पूर्वमन्त्री हितराज पाण्डे र विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङलाई सम्मान गरिएको थियो । स्वर्ण महोत्सवको अवसरमा विभिन्न खेलकूद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयो ।

यसैबीच अध्यक्ष प्रचण्डले आजै नेकपा इच्छाकामना गाउँ कमिटीका सदस्यलाई शपथ गराउनुभएको थियो । दानबहादुर गुरुङको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group