भारत,१७ पुस । भारतको जम्मु कस्मिरमा आतंकवादीसंगको झडपमा गोरखा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ ।
बुधबार जम्मु कस्मिरमाको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएको हो । ज्यान गुमाउने २५ वर्षीय अर्जुन गोरखाको रिप गाउ“का हुन । अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय भारतीय सावन्त नायक पदमा कार्यरत रहेका बताइएको छ । मगरसंगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ ।
भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले यसको पुष्टी गरेका छन् । ठूलो संख्यामा रहेका आतंकवादीको आक्रमणमा दुवैले संगै ज्यान गुमाएका हुन् । सन् २०१८ यता जम्मुकस्मिरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्