ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपूर्वमा अशान्तिको बादल मडारिन थाल्यो , इरान र अमेरिकाको द्धन्द्ध किन भयो ? यस्तो छ कारण


एबीसी न्यूज
२० पुस २०७६, आइतबार   १ : ०४   बजे

काठमाडौं, २० पुस । मेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ ।

शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो । तनावपूर्ण थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टका अनुसार इरानले यसरी मस्जिदमा रातो झण्डा फहराएको पहिलो पटक हो ।

बेलायती मिडिया मेट्रोका अनुसार कोमस्थित जामकरन मस्जिदको डोममा सधैं धार्मिक झण्डा फहराइन्थ्यो । अहिले भने त्यो धार्मिक झण्डा हटाएर रातो झण्डा फराइएको छ जस्लाई युद्धको घोषणाको रुपमा लिइएको छ किनकि रातो झण्डाको अर्थ दुःख जनाउनु हुँदैन ।

यसरी झण्डा फराउनुको अर्थ इरानले आफ्ना देशवासीलाई त्यो स्थितिको लागि तयार रहन भनेको छ जुन स्थिति उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । यसअघि इरान र इराकको युद्धको बेला पनि यसरी रातो झण्डा फहराइएको थिएन ।

इतिहासमा हुसैन साहबले कर्बला युद्धको बेला मस्जिदमाथि रातो झण्डा फहराएका थिए । यो रातो झण्डा रगत र शहादतको प्रतीक मानिन्छ ।

अहिलेको स्थितिमा सुलेमानीले देशको लागि शहादत दिएको र यसको बदला लिनको लागि देशवासीलाई तयार रहन भनिएको रुपमा यो झण्डा फहराइएको छ । जामकारन मस्जिदलाई इरानको सबैभन्दा पवित्र मस्जिद मानिन्छ र यहाँको युवाहरुमा यको गहिरो प्रभाव छ ।

उता इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ । अमेरिकी दूतावासभित्र रकेट प्रहार भएपछि भागदौड मच्चिएको थियो ।

सूत्रका अनुसार बगदादको ग्रीन जोनमा अमेरिकी दूतावासभित्र कत्युषा रकेटबाट आक्रमण भएको हो । यो आक्रमणमा कति मानिस हताहत भए भन्ने प्रस्ट जानकारी आइसकेको छैन । अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै यो आक्रमण भएको हो । इरानले सुलेमानीको हत्याको बदला लिने घोषणा गरेको थियो ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन् ।

ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

ईरानको कुद्स फोर्सका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो बयान आएको हो । गएको शुक्रबार अमेरिकी हवाई आक्रमणमा सुलेमानीको ज्यान गएको थियो ।

ट्रम्पले ट्वीट गर्दै भने, ‘ईरान अमेरिकी सम्पत्तिलाई निशाना बनाएको सन्दर्भमा निकै साहसपूर्वक बोलिरहेको छ ।’ ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताउँदै भने, ‘निकै महत्वपूर्ण छ । ईरान र उसको संस्कृतिको लागि निकै महत्वपूर्ण छ । ऊ निशानामा छ, ईरानले अमेरिकामाथि आक्रमण गर्छ भने निकै छिटो र मजबुतीका साथ आक्रमण गरिनेछ ।’

केही महिनायता मध्यपूर्वी एसियामा अमेरिका र इरानबीचको विषयलाई लिएर तनावपूर्ण अवस्था सिर्जना भएको छ । बम वर्षक विमान बोक्ने युद्धपोत र त्यसपछि एक हजार अमेरिकी सेना मध्यपूर्वी क्षेत्रमा पठाउने अमेरिकी निर्णयले यतिबेला दुई मुलुकबीचको सम्बन्धमा दरार आएको हो ।  एक अमेरिकी ड्रोनलाई इरानले खसालेपछि विवाद झन् चर्कँदै गएको हो। ओमनको खाडीमा तेल बोक्ने दुई जाहाजमाथि इरानले आक्रमण गरेको भनेर अमेरिकाले दाबी गरेको दुईदिनपछि एक जासुसी अमेरिकी ड्रोन इरानले खसालेपछि यी दुई मुलुकबीचको द्वन्द्व झन् चर्किएको हो।

संयुक्त राष्ट्रयसंघका भिटो पावर राष्ट्रहरु(अमेरिका, ब्रिटेन, फ्रान्स, रुस र चीन)  सहित जर्मनीसँग इरानले सन् २०१५ मा ‘आणविक सम्झौता’ गरेको थियो। त्यसपछि स्थिर बन्दै गइरहेकोइरानसँगको विश्व सम्बन्धअमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै चिसिन थालेको हो। उनले राष्ट्रपतिको सपथ लिए लगत्तै इरानसँगको सम्झौता खारेज गर्ने बताउँदै आएका थिए। ट्रम्पले मे २०१८ मा अन्ततस् एकपक्षीय रुपमा आणविक सम्झौता खारेज गरेर नयाँ नाकाबन्दीको घोषणा गरिदिएपछि मध्यपूर्वमा अशान्तिको बादल मडारिन थालेको हो।

३० वर्षको अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धलाई पूर्व राष्ट्रपति बराक ओबामाले केही सुधार गर्ने प्रयास गरेका थिए। तर, ती सबै प्रयासहरु ट्रम्पको कोपभाजनमा पर्‍यो। र, अहिले यी दुई मुलुकबीचको सम्बन्ध पुरानै अवस्थामा पुग्यो।

कुनै समय मित्रवत् सम्बन्ध रहेको इरानमाथि अमेरिकाले आखिर किन नाकाबन्दी लगाउँदै आएको छरु यसको चुरो कुरो बझ्न सर्वप्रथम १९ औँ शताब्दीतिरको राजनीतिक इतिहास हेर्नुपर्ने हुन्छ।

पुरानो नाम पर्सिया रहेको इरानको राजधानी तेहरान हो। प्राकृतिक ग्यास र तेलमा धनी इरानमा सिया मुसलमानको बाहुल्यता रहेको छ। मध्य पूर्वमा ग्यास र तेलको भण्डारण र उत्खनन् सुरु भएपछि इरान शक्ति राष्ट्रको नजरमा पर्न थालेको हो। विश्वका २० प्रतिशत उत्पादित तेल इरानको दक्षिणी क्षेत्रमा पर्ने स्ट्रेट अफ हरमुजु हुँदै जान्छ। जुन पर्सियन र ओमनी खाडी नजिक पर्छ। यो क्षेत्रलाई इरानले नियन्त्रणमा लिँदै आएको छ। सफावेद वंशपछि कजार वंशले शासन गरेको इरानमा कजारहरुले ‘ओलमा’हरुलाई राजनीतिक रुपमा शक्तिशाली बनाइदिएका थिए। ओलमा सिया मुलसमानका धार्मिक गुरु हुन्। इरानमा सन् १९२१ देखि १९७९ सम्म पालभीले शासन गरे।

तेल राजनीतिः
पहिलो विश्व युद्धको दौरन इरानमा तेल खानी पत्ता लाग्यो। तेलमाथि कसको अधिकार रहने भन्ने विषयमा ब्रिटेन र तत्कालीन सोभियत संघबीच विवाद बढ्यो। अन्ततः ब्रिटेनले इरानको तेलमाथि कब्जा जमायो। १९२१ मा तत्कालीन सेना प्रमुख रेजा खानले ब्रिटेनको समर्थनमा ‘कू’ गरी सत्ता हत्याए। १९२५ मा उनलाई इरानको ‘शाह’ (राजा) घोषणा गरियो। १९०६ को संविधान लागू भएपछि इरानमा धर्म निरपेक्षता घोषणा गरियो। रेजा खानले ओलमाहरुलाई दबाए।

दोस्रो विश्वयुद्धको बेला रुससँग ढल्किएको आरोप लागेपछि रेजा खान हटाइए। उनकै २२ वर्षीय छोरा मोहम्मद रेजालाई ‘शाह’ घोषणा गरियो। मोहम्मद रेजा शाहले सन् १९५१ मा चुनाव गराए। मोहम्मद मोसादेक प्रधानमन्त्री भए। इरानको प्राकृतिक तेल तथा ग्यासहरुमाथि ब्रिटेनको नियन्त्रण हटाउन उनले सबै तेला खानीहरुलाई राष्ट्रियकरण गर्ने निर्णय लिँदै ब्रिटेनलाई चुनौती दिए।

तेल खानीहरु राष्ट्रियकरण भएपछि ब्रिटेनले त्यसलाई गम्भीर रुपमा लिँदै मोसादेकलाई प्रधानमन्त्रीबाट हटाउने रणानीति लियो। ब्रिटेनले त्यही बेला इरान मामिलामा अमेरिकासँग सहयोग लियो। मोसादेकलाई हटाउनका लागि ब्रिटेन र अमेरिकाको खुफिया एजेन्सीहरु क्रमशः एमआई ६ र सीआईएबीच एक सम्झौता भएपछि सन् १९५२ मा उनीहरु मोसादेकलाई पदच्यूत गर्न सफल भए।

तेल खानीमाथि नियन्त्रण गर्ने स्वार्थका कारण दुई मुलुकले इरानका राजा रेजा शाहलाई झन् शक्तिशाली बन्न मद्दत गरे। रेजालाई पुनः शक्तिशाली बनाएर निरंकुश बन्नउक्साउदै उनीहरुलेइरानी तेल खानीमा नियन्त्रण कायम राखे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group