ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौटा नेताको जवान छोराले मृत्युशैयाबाट जे देख्यो


sharan sharan
४ मंसिर २०७४, सोमबार   १ : ३५   बजे
शारदा शर्मा

दुनिया बिचित्रको छ यहां बाचुन्जेल गाली र मरे पछि ताली पाउने अचम्मको संस्कार बसेको छ । बांचेका हरेक पलहरुलाई बिरोध आलोचना र गालीले शान्त नहुने बनाइन्छ जव मृत्यु हुन्छ त्यो गाली तालीमा बदलिन्छ । राम्रो गरेको ताली , शोकको ताली । मलाई अचम्म लाग्यो तालीत तालीनै हो सायद यो जीवन छदै बजेको भए कमसेकम जीवनले रगं त भर्ने थियो । कमजोरी र गल्ती नगर्नेहरु कति होलान समाजमा ? जे होस त्यसलाई सच्याएर जीवन अगाडि बढाउने अवसर पाउनु मान्छेको अधिकार पनि हो र त्यसलाई अवसर प्रदान गर्नु समाजको दायित्व पनित हो । तर यहांत अनेक बहानामा अनेक किस्सासंग जोडेर मानिसलाई बांच्नै अप्ठ्यारो हुने परिस्थिति खडा   गरिन्छ । जव समाप्त पारिन्छ अनि प्रसंसा गाइन्छ । साच्चै यो न्याय होला जो कसैको लागि पनि ।

प्रकाश दाहाल अनेक टिकाटिप्पणीले सार्वजनिक संजाल भरिएको यौटा जवान मान्छे । सिंगो जीवन बांच्न भर्खर शुरु गरेको छत्तिस टेकेको केटा । दुइ साना चिचिला वालकको बाबु । श्रीमतीको श्रीमान अनि बाबुआमाको भरोसाको केन्द्र । थुप्रै साथीभाइको प्रीय साथी । कसैको मामा कसैको काका कसैको भाइ कसैको ज्वाइ कसैको पुसाजु । समाजका अनेक नाताहरु गासेको यौटा मान्छे । सायद यहि पहिचान हुन्छ एकजना मान्छेको समाजमा । त्यसपछि मात्र अरु सार्वजनिक पद प्रतिष्ठासंग जोडिएका सवालहरुसंग सरोकार राख्छ जो कसैले पनि । तर यहां उ यौटा फरक मान्छे भन्दा पनि प्रचण्डको छोरा मात्र भनेर चिनियो ।

भन्न त आज मान्छेहरुले उसको गैर उपस्थितिमा जे भने पनि हुन्छ जति प्रसंसा गाए पनि हुन्छ । जति गाली गरे पनि हुन्छ । तर जतिबेला उ जिवित थियो याही सामाजमा आफ्नो पहिचान बनाउन अनेक संघर्ष गरिरहेको थियो त्यतिबेला उसलाई उसंग छुटाउनै नमिल्ने संवन्धसंग गांसेर अनेक प्रहार गरियो । मान्छेले आफै के गर्यो भन्दा पनि उसलाई परिवेसले कस्ता कस्ता चुनौतिहरु फेस गर्न सिकायो यो पनित महत्वपुर्ण हुन्छ तर उसलाई छुट्टै प्रकाश दाहाल भनेर बांच्नै दिइएन । उ समाजको अरु नागरिक जस्तै बन्नै पाएन । हो प्रकाश दाहाल बाट जानेर नजानेर कतिपय कमजोरी भएका छन ति कमजोरीलाई सच्याएर जीवन ब्यवस्थापन गर्ने बातावरण कुन दिन मिल्यो ??? कस्ले सिकायो सार्वजनिक सन्जालबाट प्रकाश तिमी यसो गर्दा ठिक हुन्छ भनेर । नेताकै छोरो भएको कारण जहां जहां ठोकियो त्यहि रगतका टाटाहरु पुच्दै उस्ले जीवन जिउन सिक्यो ,जस्ले जे सिकाए यो समाजको सिक उस्ले पनि सिक्यो । अनेक स्वार्थसंग गांसेर अनेकलाई प्रयोग गर्ने यो समाजमा उ पनि समाजकै मान्छे बन्यो । तर त्यसलाई पनि संवन्धसंगै गांसेर उ माथि प्रहार भैरयो ।

सांच्चै समाजको यो अस्वस्थ प्रतिस्प्रधामा उ न हारेको थियो नत उस्ले जीतेकै थियो । सिंगो जीवन बाकीं थियो, अनेक परिक्षाहरु दिन उ तयार थियो । यौटा नेताको छोरा भएकै कारण न उसको इमान्दारितालाई सहि मुल्यांकन गरिन्थ्यो न उस्ले गरेको गल्तीलाई । हरेक राम्रा नराम्रा कामलाई उसको संवन्धको लेपन लगाएर हेरिन्थ्यो न उसले त्यसलाई बदल्न सक्थ्यो न फेर्न ।

नेता नेताका छोराछोरीलाई लिएर हुने यस्ता अनेक टीकाटिप्पणीले प्रकाशलाई सायद कमजोर बनाइसकेका थिए । उ पनि त यही समाजको मान्छे हो कतिनै उमेर भएको थियो र ? तर उसलाई अनेक उल्झनमा उल्झाइएको थियो भर्खरै जीवन सिक्ने उमेरमा यौटा नेताको छोरो भएकै कारण उस्ले अनेक जीवन बांचेको थियो । आज उ आफ्नै मृत्युशैया भित्रबाट धिक्कार गरिरहेको थियो ति मान्छेहरुलाई जस्ले उस्कै मृत्यु अगाडि नाटक मंचन गरिरहेका थिए । अनेक स्वार्थका सिक्काहरु पल्टाउदै प्रकाशलाई निभ्न बाध्य बनाउनेहरुको अगाडि उ लाचार बनेर पल्टीरहेको थियो । सायद जीवन अनेक खन्डालहरुको संगम रहेछ । बाउले राजनिती गर्छु भनेर जनताको मुक्तिको लागि मास्टरको जागिर छोडेर बन्दुक बोक्न हिंडदा उ कतिनै बर्षको हुंदो हो ।

देश बदल्न हिडेका बाबुको कतिखेर मृत्यु हुन सक्थ्यो उसलाई के थाहा थियो र ? साच्चै जीवन जीउने अभिलाषामै आमाका औला समाएर सुरक्षित सेल्टर खोज्दै हिंड्दा उ कति ठांउमा लडेहोला ? कति दर्दनाक यात्राहरु छन जीवनका तर त्यता समाज जानै चांहादैन । आज उस्को समयनै नरहेको बेला उस्लाई अनेक कुराले पुल्क्याउनुको सायद उस्ले अर्थ मानेन । त्यसैले सेतो फुल लिएर अपत्यारिलो प्रकाश हेर्न खोजेकी मलाइ, भन्दै थियो यो समाजको नियति हो दि । यहां मान्छे बनेर बांच्न निकै कठिन हुने रैछ । अझ हामी र हाम्रो संवन्धलाई लिएर यहां उकुुस मुकुस गराएर सास फेर्न अप्ठ्यारो पारिन्छ ।मैले जीवन बाच्न नपाउदै मलाइ जीवनले छोड्यो दि। संवन्धको जगमा टेकेर बिरोध गर्दै आफ्ना स्वार्थ पुरा गर्न खोज्नेहरुसंग तपाईहरु लड्दै जानुहोला मैले महशुस गरें । आंशु झार्दै फुल चढाउदा न मैले पत्याउनै सके न उतिर हेर्ननै सकें ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu