ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समोआमा दादुराको माहामारीबाट ८२ जनाको ज्यान गयो


admin
३ माघ २०७६, शुक्रबार   २ : ३५   बजे

समोआ,३ माघ । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो सानो मुलुकमा केही दिनअघि देखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएको बताइएको थियो । यस देशमा अहिलेसम्म कम्तीमा पनि पाँच हजार ८०० दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका प्राप्त पछिल्लो समाचारमा जनाइएको हो ।

यस सानो मुलुकमा दादुराको प्रकोप बढ्दै जाँदा यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ८२ पुगेको समोआली सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका समाचारमा जनाइएको छ । समोआली स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्म ८२ जनाको ज्यान गएको र अझै एक हजार भन्दा बढी उपचारार्थ रहेका छन् ।दादुराको प्रकोपका कारण मृत्यु भएकाको संख्या अझै बढ्नसक्ने अधिकारीहरुको भनाई छ । सयौँ विरामी निकै गम्भीर अवस्थामा उपचार गराइरहेका बताइएको छ ।

दादुरा नियन्त्रणका लागि सरकारले यहाँका ९० प्रतिशत नागरिकलाई दादुराविरूद्धको खोप लगाइरहेका छन् ।पछिल्ला केही दिनयता दादुराका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको समाचारहरु आएका ती अधिकरीको भनाई छ ।समोआली सरकारले गत अक्टोबर १६ मा दादुराको प्रकोप देखिएको सार्वजनिक जानकारी गराउदै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको थियो ।दादुरा हवाका माध्यमबाट सजिलै सर्ने एक प्रकारको सरूवा रोग हो । यसको प्रकोपलाई खतरापूर्ण रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group