ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आस्था रावतलाई महिला प्रहरीको चिट्ठी


एबीसी न्यूज
४ माघ २०७६, शनिबार   १० : ०४   बजे

बैनी,
गाह्रो छ तिमीलाई पनि हामीलाई पनि

तिमीले मलाई ‘डन्ठिनी’ भन्यौ, हेर त, तिमीलाई ‘डंकिनी’ भन्ने अर्को जमात तयार भइसक्यो !
गाह्रो छ नि बैनी– सबथोक सहन अनि सबथोक झेल्न !

थाहा छ बैनी ? तिमी स्टेज चढिरहेको बेला उन्मत्त भिड सम्हाल्ने केही ‘डन्ठिनी’ हरू तिमी सँग फोटो मात्र खिच्न पाए आफ्नो जीवनको एक हिस्सा सफल भएको महसुस गर्छन् ।
हाम्रो विभागीय संरचना नै अलि निर्मम छ ! हाकिमहरूले आफू भन्दा तल्लालाई तपाई भनेर विरलै बोल्छन् ! अझ हामी महिलाहरूलाई त झनै हेप्छन् !  त्यसको प्रभाव धेरै थोरै ममा पनि होला । आवेगमा त्यो प्रभावको प्रादुर्भाव तिमी माथि पर्न गयो होला !

तर‘
तिमी त देशका गीत गाउने, चेलीका गीत गाउने, गुन्यू चोलीका गीत गाउने र मनोरञ्जन जगतकै प्रतिष्ठित कुर्सी सम्हालेको दाबी गर्ने शिक्षित, सभ्य र सहरिया घरानाकी नारी, तिमीले लगातार दश मिनेट आफ्नो ‘आपा’ हराउनु चाहिँ हुँदैनथ्यो बैनी १

सोंच त तिमी र म दुवै छोरी हौँ । दुवै आमा पनि हौँ । आमाले जे सिकायो सन्तानले त्यही सिक्ने हो । हेर त– तिमीले बोलेका शब्दमा तिमीले माफी मागिसक्दा पनि एउटा ठुलो जमातले ‘डन्ठिनी’ लाई ठिकै गर्‍यौ भनिरहेका छन् ! के सिक्यो जगतले ?

आस्था हरायो भने संसार रहँदैन,सम्बन्ध रहँदैन,संरचना रहँदैन ! र त्यो आस्था पद, पैसा र प्रतिष्ठासँग जोडिनु हुँदैन । आजका प्यूसाहरू भोलि ढाडी हुन्छन् । आजका प्यूपाहरू भोलि पुतली बन्छन् । समय सधैँ एकै व्यक्तिको मुट्ठीमा अडिँदैन बैनी ! अहङ्कारले अँध्यारो तर्फ लैजान्छ १

म अझै पनि तिम्रो पहराको लागि खटिनेछु९ भिड तिम्रो पछि लागोस्, सफलताले तिमीलाई पछ्याओस् म सुस्तरी तिम्रो खुसीको कामना गरिरहनेछु । मात्र म प्रतिको दृष्टिकोण तिमीले बदलिदिनू, ताकि तिमी प्रति म फेरि एउटा दरिलो आस्था उमार्न सकूँ ।

लेखक तथा कवि हेमन्त गिरी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu