ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिनयतिर अभिषेक, ६ बर्षअगाडि श्रीकृष्णले गरेका थिए नायक बन्ने घोषणा


admin
६ मंसिर २०७४, बुधबार   २ : ५७   बजे

नेपाली कलाकार अनमोल केसीसँग अनुहार मिलेको भन्दै चर्चामा आएका नेपाली युवा अभिषेक श्रेष्ठ आफ्नै क्षमताले नृत्य र अभिनयको क्षेत्रमा अगाडि बढेका छन् । हालै भारतीय चर्चित कलाकार तथा टिभी पर्सनालिटी रणविजय सिंहाको चर्चित शो स्क्वायडरनमा आफ्नो नृत्यकला प्रदर्शन गरेका अभिषेक श्रेष्ठले व्यवसायिक रुपमा नै कला क्षेत्रमा अगाडि बढ्ने योजना बनाएका हुन् ।

नेपालको चर्चित नृत्य प्रतियोगिता वाईवाई लिटल च्याम्पसमार्फत अगाडि आएका अभिषेकले त्यसको ६ बर्षपछि नृत्य र अभिनयको क्षेत्रमा व्यवसायिक रुपमा लाग्ने योजना बनाएका हुन् । तराई टेलिभिजनमा प्रशारित वाईवाई लिटल च्याम्पसमा अभिषेक सेकेण्ड रनरअप भएका थिए । सन् २०११ मा भएको कार्यक्रममा नायक श्रीकृष्ण श्रेष्ठले अभिषेकलाई यसरी अगाडि बढ्दै गएमा नेपाली चलचित्र उद्योगको राम्रो नायक बन्ने बताएका थिए । नायक श्रीकृष्ण श्रेष्ठले के भनेका थिए ? अभिषेकको नृत्य कस्तो थियो ? हेर्नुहोस् भिडियो । 

त्यसपछि विभिन्न कार्यक्रममा एमसी र डान्सरका रुपमा सहभागी भएका उनले पढाईलाई नै बढी जोड दिदै आएका थिए । लिटल एन्जेल्स कलेज हात्तिबनबाट १२ कक्षाको अध्ययन पूरा गरेपछि ब्रिटिस कलेजमा आईटीमा अध्ययन सुरु गर्नु अगाडिको समय उनले आफ्नो क्षमता प्रष्फुटनतिर लगाएका छन् ।

वाईवाई लिटल च्याम्पसमा अभिषेकलाई सेकेण्ड रनर अप घोषणा गरिदै

भारतीय कार्यक्रमहरुका लागि नेपाली कलाकारहरु छनौट गरेर क्षमता प्रदर्शनको अवशर प्रदान ब्लिंक ट्यालेन्ट मेनेजमेन्टमा झण्डै २ महिने तालिम लिइरहेका अभिषेकले सोही कम्पनीमार्फत नै भारतीय शो स्क्वायडरनका लागि नृत्य गरेका थिए । मुम्बईको धानुबाट उनले शोका लागि कुशल नृत्य प्रदर्शन गरेका थिए । हाल उनले ब्लिंक ट्यालेन्ट मेनेजमेन्टमार्फत फेशन, मेकअप र फिटनेशका टिप्सहरु लिइरहेका छन् । केहीदिन अगाडि भारतीय रोडिज विनर श्वेता मेहताले नेपाल आएर उनलाई फिटनेशका टिप्स दिएकी थिइन् भने बलिउड कलाकारका मेकअप आर्टिस्टहरु आएर समेत मेकअपका टिप्सहरु दिइसकेका छन् ।

भक्तपुरको सूर्यविनायकमा बुबाआमासँग बस्दै आएका अभिषेकले सन् २०१४ मा सिड्नी, न्युजील्याण्ड लगायतका देशमा प्रिमियर गरिएको झरना बज्राचार्य अभिनित चलचित्र सेफ ल्याण्डिङमा समेत बालकलाकारको भूमिकामा अभिनय गरेका थिए । अभिनेत्री झरना बज्राचार्य सहित निर्देशक सन्दीप जोसेफ, निर्माताद्धय बसन्त भण्डारी र राहुल अग्रवालको उपस्थितिमा फिल्मको प्रिमियर गरिएको थियो । सो चलचित्रमा अभिषेकसँगै सोनिया जीआर, बिकेल अधिकारी र करण गिरीले समेत बालकलाकारको भुमिका निभाएका थिए । अभिषेकले अभिनयको यात्रालाई पनि अब निरन्तरता दिने योजना बनाएका छन् ।

अभिषेक बाल कलाकारको भूमिकामा खेलेको चलचित्र

हालै चलचित्र कारखानाको कभर गित मायाले बोलेकोमा समेत मोडलिङ गरेका अभिषेकले नृत्य र अभिनयबारे गम्भिर बिष्टलाई गुरुमानेर सल्लाह सुझावहरु लिइरहेका छन् । मैतीदेवीमा रहेको डान्स फिभरका संचालक बिष्टले अभिषेकलाई अभिनयात्रा र मोडलिङका लागि सल्लाह, सुझाव र टिप्सहरु दिने गरेका छन् । अभिषेकले पनि केही अफरहरु आएमा उनीसँगै सुझाव लिन्छन् ।

मायाले बोलेकोमा अभिषेकको मोडलिङ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group