काठमाण्डौ, ६ मंसिर ।
आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि दलहरु अन्तिम तयारीमा जुटेकाछन् । शुक्रबारदेखि मौन अवधि सुरु हुने भएकाले दल र उम्मेदवार प्रचारको तीब्र पारेका हुन् । मौन अवधि सुरु भएपछि उम्मेदवारले प्रचार प्रसार गर्न पाउने छैनन् ।
वाम गठबन्धनले आज रुपन्देहीको बुटवलमा चुनावी सभा गर्ने भएको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले सम्वोधन गर्नु हुनेछ । यसअघि माओवादी अध्यक्ष प्रचण्डले पनि सभालाई सम्बोधन गर्ने भनिएको थियो । छोरा प्रकाश दाहालको निधन भएकाले प्रचण्डले आज बुटवल जाने कार्यक्रम स्थगित भएको छ । मंगलबार चितवनको सभामा पनि प्रचण्ड उपस्थित भएपनि सभालाई सम्बोधन गर्नुभएन । प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले अनुसार पहिले जहा–जहा अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने भनिएको थियो, ति सबै सभामा बादल सम्वोधन गर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्ड जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा सहभागी भएर प्रचण्ड काठमाडौं फर्किने तयारी छ । बुधबार चितवनको माओवादी पार्टी कार्यालयमा पाख्रिनको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । यस्तै चुनावी सभामा भाग लिन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार रुकुम र रोल्पा जांदै हुनुहुन्छ । यसैबिच निर्वाचन आयोगले पहिलो चरणको चुनाव हुने प्रदेशमा चार दिन स्कूल बिदा हुने जनाएको छ । निर्वाचनको दिन १० गते यी क्षेत्रमा सार्वजनिक बिदा हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्