ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक इजरायल भ्रमणमा भारतीय प्रधानमन्त्री


admin
२१ असार २०७४, बुधबार   १२ : १७   बजे

इजरायल,२१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको २५ औँ वर्ष पुगेको अवसरमा आयोजना हुने समारोहमा सहभागी हुन तेल अभिव आउनुभएको छ ।

भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा हुने प्रधानमन्त्री मोदीको भ्रमण यसअघि सुमधुर रहँदै आएको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहनेछ ।

भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहु इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

इजरायली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको तीनदिने भ्रमणका समयभर हुने कार्यक्रममा सँगै रहनु हुनेछ ।

कूटनीतिक शिष्टाचारका लागि इजरायलले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा अन्तर्राष्ट्रिय कानुनी परिधिभित्र रहेर आवश्यक सबै व्यवस्था भएको र यसले भ्रमणको महत्व पुष्टि गर्ने इजरायली अधिकारीले बताएका छन् ।

शीतयुद्धताका प्यालेस्टाइनको पक्षमा झुकाव राखेको भारतले इजरायलसँग यसअघि खुला सम्बन्ध देखाउने गरेको थिएन ।

तर यस शताब्दीको विगत २५ वर्ष यता दुई राष्ट्रबीच उच्च प्रविधि र प्रतिरक्षाका विषयमा निकट सम्बन्ध रहँदै आएको छ ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफ्ना इजरायली समकक्षी नेतन्याहु, प्राविधिक कम्पनीका प्रमुख अधिकारी र भारतीयमुलका यहुदी धर्मावम्बीसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम छ ।

उहाँको भ्रमणमा प्यालेस्टिनी कुनै अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

२४ घण्टामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु, १२७ भन्दा बढी घाइते

सम्बन्धित

सिट बेल्ट बाँध्न नमानेपछि बच्चाका कारण विमान उडान रद्द

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

शक्तिशाली टाइफुन डल्फिनले चीनमा १० लाखभन्दा बढी विस्थापित

हङकङमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ कीर्तिमान, ३६.९ डिग्री सेल्सियस पुग्यो

इरानसँगको युद्धपछि अमेरिकी हतियार भण्डारमा दबाब, उत्पादन बढाउन पेन्टागनको निर्देशन

हर्मुज खुला गर्ने सर्तमा ट्रम्प परमाणु सम्झौताबाट पछि हट्लान् ? इरानसँग नयाँ समझदारीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu