ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड निवासमा श्रद्धाञ्जलीसभा


sharan sharan
७ मंसिर २०७४, बिहिबार   ५ : १७   बजे

काठमाण्डौ, ७ मंसिर ।
आकस्मिक हृदयघातबाट मंसिर ३ मा निधन भएका माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले सबैलाई स्तब्ध बनाएको छ । प्रकाशको निधनको खबर आएपछि समाजिक संजालहरुमा प्रकाशप्रति आम नागरिकहरुले उनले गरेका कार्यको सम्झना गर्दै श्रद्धान्जली प्रकट गरे । यसले अध्यक्ष प्रचण्ड परिवारमा परेको त्यो दुःख उनका परिवारको मात्र होइन आमनागरिकको दुःख भएको देखाएको छ । बिहीबार प्रचण्ड निवास राजधानीस्थित लाजिम्पाटमा विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणले प्रकाशलाई स्मरण गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।
राजधानीको लाजिम्पाटस्थित प्रचण्ड निवासको प्राङ्गणमा बिहिवार विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणको भीड थियो । सबैका अनुहार मलिन थिए । प्राङ्गगणमा विगतका दिनभन्दा भिन्दै दृष्य थियो । प्राङ्गणमा बनाइएको मन्चमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहाल पुत्र शोकले विक्षिप्त थिए । कलिलै उमेरमा सन्तान गुमाउनुको पीडा उनीहरुमा प्रष्ट देखिन्थ्यो । कलकलाउदो छोरोलाई मृत्यले टप्पक टिपेर लगिदिएपछि आं“सुमा डुबिरहेकी सीता दाहालले छोराको तस्विरलाई नियालिरहेकी थिइन् ।
मंचमा उपराष्ट्रपति नन्दबहादुर पुन, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायका विशिष्ट व्यक्तित्वहरु थिए भने प्राङ्गणमा राजनीकि दलका नेता, विदेशी कुटनीतिक नियोगका प्रमुखलगायत समाजका प्रतिष्ठित व्यक्तिका साथै सर्वसाधारण त्यहा“ राखिएको स्वर्गीय प्रकाश दाहालको तस्वीरमा फूल चढाएर श्रद्धान्जली अर्पण गरिरहेका थिए । नेकपा माआृवादी केन्द्रको आयोजनामा भएको उक्त श्रद्धान्जली सभामा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसाल आगन्तुकहरुलाई आसन ग्रहण गराउदै थिइन् । आगन्तुकका अनुहारमा पीडा देखिन्थे ।
मृत्यु सबैका लागि अप्रिय नै हुन्छ । मृत्यूले के ठूला के साना, के नेता के नागरिक सबैलाई पीडा नै दिन्छ । मृत्यु शाश्वत सत्य हो तर कलकलाउ“दै उमेरमा देशका एक योद्धा दुनिया“लाई सदाका लागि छोडेर जांदा सबैतिर शोक छ । नेपाली राजनीतिक परिर्वतनका भीषण लडाइबीच मृत्युलाई जितेर आएका प्रकाश हृदयघातका कारण ३६ वर्षको कलिलोको उमेरमा धर्तीबाट बिदा भएका थिए । अल्पायूमा भएको उनको निधनले प्रचण्डलाई परिवार मात्र होइन आम नागरिकलाई नै भावविह्वल बनाएको छ ।
प्रकाशलाई प्रचण्डको पुत्र भएका कारण भन्दा पनि उनले गणतन्त्र, समावेशीता र सामाजिक न्यायका लागि गरेका त्यागले उनी सबैका लागि सम्झन लायक बनाएका हुन् । मुलुकको परिवर्तनका लागि बगाएको पसिना, त्याग र समर्पणको कारण उनको निधनले सबैलाई स्तब्ध बनाएको हो । अहिले देशभर चुनावको रौनकता त छ तर नेपाली राजनीतिका एक शिखर व्यक्तित्व प्रचण्ड र उनको परिवार मात्र होइन सिंगो माओवादी आन्दोलन र बामगठबन्धन समेत शोकमा छ । देश शोकमा छ । यो शोक घडीमा शोकलाई शक्तिमा बदल्दै प्रकाशले देखेका सुन्दर नेपाल निर्माणको सपना आसन्न निर्वाचनबाट पुरा हुन सकोस् दिवंगत प्रकाशलाई हाम्रो पुनः हार्दिक श्रद्धान्जली ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

पराजयपछि फेरि ब्युँतियो वाम एकताको बहस : पुनर्गठन कि अवसरवादी ध्रुवीकरण ?

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu