ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिएससिएनको डान्स फेस्टिवल सम्पन्न


एबीसी न्यूज
२८ माघ २०७६, मंगलबार   ५ : ५९   बजे
काठमाडौं, , २८ माघ ।  प्रि स्कुल कमिटी अफ नेपाल (पिएससिएन) ले आयोजना गरेको डान्स फेस्टिवल सम्पन्न भएको छ । ललितपुरको सेन्ट जेभियर्स स्कुलमा सम्पन्न डान्स फेस्टिवलमा पिएससिएन अन्तर्गतका विभिन्न १९ वटा स्कुलको सहभागिता थियो । १९ वटा स्कुलका ४०० भन्दा बढी बिद्यार्थी विभिन्न मौलिक भेषभुषामा सजिएर फेस्टिवलमा सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विविध नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
२०७६ सालमा स्थापना भएको पिएससिएनले ससाना बालबालिकाको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विशेष अतिथिको रुपमा केन्द्रीय प्याब्सनकी सचिव तथा हिमालय स्कुलरकलेजकी निर्देशक संगीता सिलवाल ऐर, मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक मोहना मोथे खनाल र नृत्य निर्देशक रोहिया महर्जनको उपस्थिति थियो ।
कार्यक्रममा विशेष अतिथि संगीता सिलवाल ऐरले शिक्षाको परम्परागत पद्दती फेरिएको बताउँदै समयानुकुल शिक्षामा जोड दिइन् । उनले पिएससिएनले आयोजना गरेको कार्यक्रमको खुलेर प्रशंसा गरिन् । अहिले विगतमा जस्तो किताबी ज्ञानमा मात्र शिक्षा सीमित नभएकोले सानै उमेरदेखि बिद्यार्थीको सर्वांगिण व्यक्तित्व विकासका लागि पिएससिएनले विभिन्न कार्यक्रम गर्दै आएको पिएससिएनकी अध्यक्ष सभ्यता खड्का स्वारले जानकारी दिइन् ।
पिएससिएनका सचिव पूजा गौतमले सात वटा विद्यालयबाट सुरु भएको यस संस्थामा अहिले २० वटा विद्यालय संलग्न रहेको जानकारी दिइन् । डान्स फेस्टिवल पिएससिएनको नियमित वार्षिक कार्यक्रम भएको बताउँदै उनले बालबालिकाको क्षमता अभिवृद्धिका निम्ति आगामी दिनमा विभिन्न कार्यक्रम गरिरहने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu