ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको छ– प्रधानमन्त्री ओली


admin
२८ माघ २०७६, मंगलबार   ३ : ४१   बजे

 

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाउनुभएको छ ।

मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो । सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुर भन्दा आफु अपमानित भएको ठान्ने गरेको बताउनुभयो । नेपालको आफ्नो भाषा र भाषाको मर्म भएको उल्लेख गर्दै ओलीले सञ्चारमाध्यमहरु कसैलाई हजुर भन्दा सारै सानो ठान्ने गरेको बताउनुभयो । ‘‘सञ्चारमाध्यमहरुबाट हामी छापिएको हेर्छौ । त्यो के देख्छौँ छापिएकोमा । हाम्रो आफ्नो भाषा छ । भाषाको मर्म छ । हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ । हाम्रा सञ्चारमाध्यमहरुलाई हजुर भन्दाखेरी सारै सानो ठान्छन् । हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपि गरेर बोलाउँदा मिस्टर/मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ,’’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोप समेत सञ्चारमाध्यमलाई लगाउनुभएको छ । नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफुभन्दा ठूला तथा दौतरीहरुलाई तपाई भनेर भनिने उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘‘तपाई भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अंग्रेजीमा यु भनेपछि पुग्छ । बीबीसीले पहिले सुरु ग¥यो । यसो भने, यसो भनिन् । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । अनी त्यही कपि गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’’उहाँले नेपाली सभ्यता र संस्कृति माथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको समेत बताउनुभएको छ । लहैलहैमा लागेर सञ्चारमाध्यमहरुले विनम्रता र शालिनतामाथि हमला गरिरहेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘त्यसलाई आफ्नो सु¥याई ठानेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group