ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रमुखको औपचारीक कार्यक्रम : न राष्ट्रगान न सहिदको स्मरण


sharan sharan
४ फाल्गुन २०७६, आइतबार   ९ : २९   बजे

बुटवल, ४ फागुन ।

प्रदेश स्थापनाको दोस्रो वर्षका अवसरमा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले भब्य रात्री भोज दिए पनि रात्रीभोजका लागि आयोजना गरिएको औपचारीक कार्यक्रममा सहिद सम्झेर मौनधारण नगरिनु र राष्ट्रिय गान समेत नबजाउनुलाई अर्थपुर्ण तरिकाले बुझिएको छ ।
सामान्यतया राष्ट्रपति,संबैधानीक निकायका प्रमुखहरु वा सरकारी उच्चओहोदाका पदाधिकारीबाट आयोना गरिने कार्यक्रमहरुमा राष्ट्रिय गान बजाएर कार्यक्रमको प्रारम्भ गरिने गरिएपनि शनिबार बुटवलमा आयोजना भएको रात्रीभोज समारोहमा राष्ट्रिय गान पनि बजेन, सहिद प्रति श्रद्धान्जली पनि प्रकट भएन ।
सांझ ६ : ३० बजेका लागि आमन्त्रण गरिएको रात्रीभोजमा मुख्यमन्त्री शंकर पोखरेल कार्यक्रमस्थल पुगे लगत्तै कार्यक्रम सुरुभयो । सिधै पुस्तक बिमोजनबाट सुरु भएको कार्यक्रममा प्रदेश प्रमुख यादवले सगत सहित शुभकामना मन्तब्य दिए र रात्री भोज सुरुभयो ।
प्रदेश प्रमुखको कार्यक्रममा सहिद नसम्झनु र राष्ट्र नसम्झनु कमजोरी भएको बताउंछन् अनलाईन खबरका बुटवल सम्बाददाता कपिल ज्ञवाली ।
पुस्तक बिमोचन सहित औपचारीक कार्यक्रम गरेपछि राष्ट्रगान नबजेकोमा कमजोरी भएको नेपाल कम्युनिष्टपार्टी नेकपाका प्रदेश सभा सदस्य भोप्रसाद श्रेष्ठ बताउंछन् । रात्रीकालीन भोजमा श्रद्धान्जली र राष्ट्रगान नबजाउने प्रचलन रहेपनि औपचारीकता दिईसकेपछि नबजाउनु रामैो नभएको उनको भनाई छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका सभासद बैजनाथ कलवार पनि राष्ट्रगान नबजेकोमा कार्यक्रम नै खल्लो लागेको बताउंछन् । जसकाकारणले प्रदेश पायौं, उनै सहिद नसम्झनु गलत भएको कलवारको भनाई छ ।
प्रदेशप्रमुखको कार्यालयले आयोजना गरेको औपचारीक कार्यक्रममा सहिद नसम्झनु र राष्ट्रगान नबज्नुमा कार्यालयको कमजोरी हो वा अरु केहि नियत हो । प्रदेश सरकारले खोजीनीती गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group