ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित


admin
११ फाल्गुन २०७६, आइतबार   ३ : ००   बजे

कोरिया, ११ फागुन । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ ।

केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् ।

पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् ।कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन् ।कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्। यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनु भएको छ ।

सङ्क्रमित हुनेहरुको संख्या एकाएक अत्यधिक तिब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उहाँले आइतबार जानकारी दिनुभयो ।आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उहाँको भनाई छ ।राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिनुभयो । “सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group