ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा अख्तियार दुरुपयोग गर्नेमा स्थानीयतह अग्रपङ्तीमा


sharan sharan
१८ फाल्गुन २०७६, आइतबार   ९ : ३५   बजे

बुटवल, १८ फागुन ।
पछिल्लो समय नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीयतहमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले खुलासा गरेको छ । आयोगले भ्रष्टाचार नियन्त्रणकालागि अख्तियारले दिएको सुझाव स्थानीय तहले कार्यान्वयन नगरेको मात्र भनेको छैन स्थानीयतहका जनप्रतिनिधिहरुले कुनै न कुनैरुपमा अख्तियार दुरुपयोग गरेको समेत ठहर गरेको छ ।
अख्तियारले आज बुटवलमा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै अनुसन्धानका क्रममा कुनैपनि राजनितीक प्रभाव र दबाबमा नपरि कसुर गर्ने कसैलाई पनि नछाड्ने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । अन्तरक्रियामा बोल्दै आयोगको बुटवल ईकाईका प्रमुख डा. भिष्मकुमार भुषालले आफ्नै पुर्व आयुक्तहरुलाई समेत नछाडेको अख्तियारले कसैलाई नटाड्ने दृढता ब्यक्त गर्नुभयो । उहांले परेका मुद्दाहरु परिपक्क नभई सार्वजानीक गर्न नसकिने बताउंदै अख्तियारको अनुसन्धान प्रकृतिका कारण तत्काल सुचना दिन नसकिने स्पष्ट पार्नुभयो । प्रमुख भुषालले आगामी दिनमा सुचना र मिडीयाको हकमा सहज वाताबरण बनाईने बताउनु भयो ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै आयोगको बुटवल इकाईका उपसचिव रमेश ढकालले अख्तियारको अनुसन्धानमा नागरिकले सुशासनको अनुभुति गर्न नसकेको पाईएको बताउनु भयो । ढकालले स्थानीय तहले अख्तियारले दिएको सुझाव कार्यान्वयन नगरेको बताउंदै आयोगमा परेको उजुरीमा पनि सबैभन्दा बढी स्थानीयतहकै रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागिहरुले आयोग मिडीया मैत्री बन्न नसकेको, ठूलो भ्रष्टाचारमा अख्तियार सफल हुन नसकेको तथा आयोगको अनुसन्धान प्रभावकारी नभएको टिप्पणी गरेका थिए ।
अन्तरक्रियामा बितरित कार्यपत्रका अनुसार आयोगको बुटवल कार्यालय अन्तर्गत सबैभन्दा बढी स्थानीय तहमा भएको भ्रष्टाचारको उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष ०७६।७७ मा अख्तियार बुटवल कार्यालयले १ हजार ९९ उजुरी मध्य ५८३ उजुरीको फस्र्यौट गरेको छ भने २२ वटा स्ट्रीङ अप्रेशन गरि १० लाख ६२ हजार ५५ रुपैयां असुल उपर गरेको छ । उजुरीमा कुल १०९९ उजुरी मध्य स्थानीयतहको मात्र ३९३ उजुरी अख्तियारको बुटवल कार्यालयमा दर्ता भएकाछन् । मुद्दाको प्रकृतिमा शिक्षामा ३०२, भुमिसुधारमा ११५बन तथा बातावरणमा ५६, गृहमा ३४ मुद्दा कार्यालयमा दर्ता रहेकाछन् । अख्तियारमा सबै भन्दा बढी रुपन्देहीमा र सबै भन्दा कम रुकुम पुर्वमा उजुरी आउने गरेको समेत आयोगले जनाएको छ । आर्थिक वर्षको माघ मसान्त सम्म रुपन्देहीमा ३५०, कपिलवस्तुमा २११, नवलपरासी पश्चिममा १५९, अर्घाखांचिमा ८९ मुद्दा अख्तियारमा परेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu