ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इस्लामिक बिद्रोहीद्धारा मस्जिदमा बम आक्रमण


admin
१० मंसिर २०७४, आइतबार   ११ : २८   बजे


काठमाण्डौं, १० मंसिर । इस्लामिक बिद्रोहीले इजिप्टको सिनाई प्रान्तको एक मस्जिदमा बम आक्रमण तथा अन्धाधुन्ध गोली चलाउँदा दुई सय ३५ जनाको ज्यान गएको छ ।

इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा आक्रमण भएको र त्यस क्रममा धेरै सर्वसाधारण नागरिकको ज्यान गएको इजिप्टको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनाइ प्रान्तको वीर अल–अबेद बजारमा रहेको अल–रावदा मस्जिदमा आक्रमण भएको हो । आक्रमण भएका बेला शुक्रबार हुने नियमित प्राथनाका लागि मस्जिदमा मानिस जम्मा भएका थिए । आधुनिक इजिप्टको इतिहासमा यो आक्रमण सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी भएको आक्रमण हो । सन् २०१३ मा इजिप्टसहितका क्षेत्रमा सुरु भएको इस्लामिक बिद्रोहयता भएको हो ठूलो आक्रमण हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर इस्लामिक स्टेट (आइएस) सम्बद्ध लडाकुले आक्रमण गरेको हुन सक्ने जनाइएको छ । ४० जना भन्दा बढीको समूहमा आएका आक्रमणकारीले मस्जिदमा नमाज पढिरहेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाएका हुन् । इजिप्टको सरकारी टेलिभिजनका अनुसार घटनामा एक सय ३० जना घाइते भएका छन् । यसैबिच इजिप्टका राष्ट्रपति अब्दुल फतह अल–सिसीले सिनाईको मस्जिदमा भएको आक्रमणको बदला लिएरै छोड्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

इसराइली गुप्तचरको दाबी– इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको छ

दक्षिणी इरानमा लगातार विस्फोट, अमेरिका–इरान तनाव थप चर्कियो

ट्रम्पको घोषणा : ‘इरानसँगको युद्धविराम सकियो’, दुई रातमा १७० सैन्य लक्ष्यमा अमेरिकी आक्रमण

ड्रोन आक्रमण रोक्न रुसको नयाँ रणनीति; जामिङ प्रणाली नष्ट गरेपछि पुनः प्रभावकारी बने युक्रेनी ड्रोन

अमेरिकाद्वारा इरानमाथि अहिलेसम्मकै भीषण हवाई आक्रमण: बहराइन र कुवेतमा साइरन, ट्रम्पले दिए २० गुणा बढी क्षति पुर्‍याउने धम्की

नाटो समिटमा ट्रम्पको आक्रोश: इरानसँगको युद्धविराम भङ्ग, स्पेनसँग व्यापार रोक्ने घोषणा र कम्युनिष्टमाथि कडा प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu