ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ABC Exit Poll- ९९ प्रतिशत मिल्यो


admin
२१ असार २०७४, बुधबार   ३ : ५८   बजे

 

असार २१ काठमाडौं । स्थानीय तहको निर्वाचनका बेला पहिलो चरण र दोस्रो चरणमा एबीसी न्युजले मात्र एक्जिट पोल सार्वजनिक गरेको थियो ।
पहिलो चरण र दोस्रो चरणका दुवै निर्वाचन नतिजामा एबीसी एक्जिट पोल र घोषित मत परिणामा ९९ प्रतिशत ठ्याक्कै मिलेको छ । दोस्रो चरणको निर्वाचन मतदानको दिन असार १४ गते सांझ ५ बजै एबीसी टेलिभिजनले एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलले राजनीतिक शास्त्री तथा विश्लेषकहरुका बीचमा एक्जिट पोल सार्वजनिक गरेका थिए । एक्जिट पोल बहसमा कंडेलसंगै राजनीतिशास्त्र डा. लोकराज बराल, पूर्वमन्त्री रमेश नाथ पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउंले र एबीसी न्युजका समाचार निर्देशक डा. सुरेश आचार्य थिए ।


एबीसी एक्जिट पोलमा नेकपा एमालेले कम्तीमा १४३ स्थानीय तहमा प्रमुख जितेर पहिलो पार्टी बन्ने प्रक्षेपण गरेको थियो । दोस्रोमा सत्तारुढ नेपाली कांग्रेसले १०७ तहमा जित्ने तथा तेस्रोमा माओवादी केन्द्रले ३५ तहमा प्रमुख जित्ने प्रक्षेपण गरेको थियो । प्रक्षेपणमा २२ तहमा चर्को प्रतिस्पर्धा रहेको भन्दै ती स्थानमा एमाले र नेकाले नै सिट आफ्नो पक्षमा पार्ने दावी गरिएको थियो । हालसम्म घोषित ३०५ तहको परिणाममा एमालेले १३४ तहमा जितेको छ भने सबै परिणामा घोषणा हुंदा १५० सिटभन्दा माथि पुग्ने देखिएको छ । त्यैगरी नेकांले ११५ जितिसकेको छ भने थप ५ सम्म बढाउन सक्ने देखिन्छ । माओवादी केन्द्रले एबीसी एक्जिट पोलको प्रक्षेपणभन्दा १ सिट बढी ३६ तहमा जित हात पारेको छ ।
एक्जिट पोलमा मधेश केद्रित दल संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमल समान ६ स्थान जित्ने प्रक्षेपण जस्ताकोतस्तै मिलेको छ ।
प्रक्षेपणमा राप्रपाले २ स्थान जित्ने भनिएकोमा ४ स्थान हात पारेको छ ।
दोस्रो चरणको निर्वाचन सुरु हुनेबेलाबाटै जनमत तयारीमा रहेकाले राजपाले ८ स्थानसम्म जित्ने प्रक्षेपण थियो । तर अन्तिममा राजपाले चुनवा वहिस्कार गर्यो भने स्वतन्त्र उमेदबार उठाउंदा उसले जित्ने सिट नेका र एमालेले खास्न पुगे ।
एबीसी न्युज देशभरको राजनीतिक पक्षेपण र जनताको नाडी छाम्न सफल भएको मत परिणामले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu