ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलन– मन्त्री ढकाल


admin
११ चैत्र २०७६, मंगलबार   ४ : ३७   बजे

काठमाडौँ, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘‘यहाँ भएका सामग्री खोज्ने क्रममा रहेका छौँ । कहाँ कहाँ छन् खोजिरहेका छौँ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पिपिई पोशाक केही प्राप्त भएका छन् ।’’

उहाँले कोभिड–१९ को उपचार गर्दा प्रयोग हुने पोशाक पिपिई दैनिक ३०० समेत उत्पादन गरिरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले नेपालमा नै पिपिई उत्पादन हुने भएकाले अभाव नरहने स्पष्ट पार्नुभयो । उहाँले सातवटै प्रदेशमा कोभिड–१९ को उपचार गर्नका लागि ५० का दरले पिपिई पठाइएको समेत जानकारी दिनुभयो । मन्त्रालयले यसअघि बरामद गरिएको मास्क प्रत्येक प्रदेशमा ५० हजारका दरले पठाएको थियो । मन्त्री ढकालले लकडाउनका कारणले उपत्यकाभन्दा बाहिर कोभिड–१९ को नमूना परीक्षण गराउने काम समेत भएको बताउनुभयो । उहाँका अनुसार विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा तत्कालका लागि सामग्री उपलब्ध गराएर प्रयोगशालालाई सक्रिय बनाई नमूना परीक्षण गरिने छ । परीक्षण गरिएको रिर्पोट त्यहीँ दिइने व्यवस्था समेत गरिएको बताउनुभयो ।
उहाँले सम्बन्धित ठाउँमा आशङ्का गरिएका व्यक्तिको नमूना परीक्षण काठमाडौँ ल्याउनका लागि आन्तरिक उडान र स्थलमार्ग बन्द भएकाले सयन्त्र बनाई वैकल्पिक उपायसमेत अवलम्बन गरिने उहाँको भनाइ रहेको थियो । ‘‘खकार परीक्षण गर्नका लागि बन्द भएको कारणले अप्ठ्यारो भएको छ । प्रत्येक दिन कसरी ल्याउने भन्नेमा लागिपरेको छौँ’’ उहाँले भन्नुभयो ।

मन्त्री ढकालले बाहिर मुलुकबाट औषधि र उपकरण ल्याउनका लागि सरकारी, कुटनीतिक र बाह्य क्षेत्रबाट पहल जारी राखेको उल्लेख गर्दै चीन र भारतलाई पहिलो प्राथमिकतामा राखेर सामग्री ल्याइने जानकारी दिनुभयो । मन्त्री ढकालले कोभिड–१९ डेडिकेटेडको मात्र अस्पताल भनेर निर्णय गरिएको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालको प्राविधिक रुपमा काम समेत गरिएको जानकारी दिनुभयो । यसैगरी सरकारले कोरोना भाइरस कोभिड–१९को रोकथाम र नियन्त्रण गर्नका अस्पतालसँग समन्वय गर्नका लागि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ । समितिको सदस्यमा डा गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलको अध्यक्ष डा भगवान कोइराला, नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष डा लोचन कार्की नेपाल नर्सिङ् सङ्घको अध्यक्ष डा मनकुमारी राई, निजी मेडिकल कलेजका अध्यक्ष वसुरिद्धिन अन्सारी र निजी अस्पताल सङ्घका अध्यक्ष वसन्त चौधरी रहनुभएको सात सदस्यीय टोली रहेका छन् ।

मन्त्री ढकालले निजी अस्पतालले कोरोना भाइरस नियन्त्रण र रोकथामको महाअभियान सरकारलाई सहयोग गर्ने बताउनुभयो ‘‘हामी सरकारको अङ्गको रुपमा काम गर्छु भन्नुभएको छ । निजी अस्पतालले यस महामारी रोकथाम गर्न सरकारको साथ दिन्छौँ भन्नुभएको छ’’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group