ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट विश्वभर ७ लाख २१ हजार संक्रमित, ३३ हजार ९ सय बढीको मृत्यु


एबीसी न्यूज
१७ चैत्र २०७६, सोमबार   ६ : २०   बजे

काठमाडौं, १७चैत । पछिल्लो वल्र्डमिटरको तथ्याँक अनुसार विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय भन्दा बढीको पुगेको छ ।

नेपाली समयअनुसार आज सोमबार विहान साढे ६  बजेसम्म थप ३ हजार ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५१ हजार १० जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समयमा कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ५६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।

इटाली पूर्ण लकडाउनको अवस्थामा रहदा पनि संक्रमण फैलने क्रम रोकिएको छैन । ५२ सय १७ जना थप मानिस संक्रमित हुँदा कोरोनाको संक्रमणबाट ९७ हजार ६ सय ९८ मानिस प्रभावित भएका छन् ।

उपचार गराइरहेका ७३ हजार ८ सय ८० जनामध्ये ३९ सय ६ जनाको अवस्था गम्भीर छ । यद्यपि अहिलेसम्म १३ हजार ३० जना भने उपचारपछि निको भएर घर फर्किएको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणमा परेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ४८ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८१ जना संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ६८ पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ५ सय ५९ पुगेको छ । ४४ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै अनिश्चितकालिन राष्ट्रिय संकटकाल लगाइएको छ ।

यस्तै स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ भने ८० हजार भन्दा बढी संक्रमित भएका छन् ।

इरानमा २६ सय ४० को मृत्यु हुँदा फ्रान्समा २६ सय ६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको छैन । त्यहाँ ३३ सय मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

सम्बन्धित

साधारण मानिस हुनुको असह्य चिन्ता

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu