ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट आईरहेको फलफुल र तरकारीका गाडीले कोरोनाको जोखिम बढाउंदै [भिडीयो सहित]


sharan sharan
२१ चैत्र २०७६, शुक्रबार   ३ : २७   बजे

नागरिकलाई कोभिड १९ बाट जोगाउन भन्दै सबै अन्तराष्ट्रिय नाका बन्द गरेपनि अत्यावश्यक वस्तुको नाममा भारतीय तरकारी निर्वाद आउन दिंदा सिमावर्ती बजारमा बस्ने नेपालीहरुको ज्यान जोखिममा परेको छ ।
सरकार यतिबेला बिश्वब्यापी महामारीकारुप धारण गरेको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको अधिकतम प्रयासमा छ । आफ्ना नागरिकहरुलाई भाइरसको प्रभावबाट जोगाउन बिगत ९ दिन देखि देश लकडाउनमा राखेको छ सरकारले । भारतीय सिमा नाकाहरुमा सयौं नेपालीहरु दशगजामै अलपत्र परेकाछन् । उनीहरुबाट संक्रमण भित्रीने आशंकाले प्रदेश ५ सरकारले नेपालीलाई गन्तब्य पुग्न दिने र स्थानीय सरकारले क्वारेन्टायनमा राख्ने निर्णय गरेपनि केन्द्र सरकारको निर्णय भन्दै सिमा बाट नेपालीलाई नेपाल छिर्न दिईएको छैन । नागरिक छिर्न नदिएपनि सरकारले अत्यावश्यक वस्तु भन्दै हरेक दिन भारतीय तरकारी भित्रीन दिंदा नेपालीहरुको जोखिम घटेको छैन । सिमामा खाद्यान्ह तथा तरकारी बोकेर भित्रने गाडीलाई न त क्वारेन्टायन लाग्छ न त सेनटराईज नै गरिन्छ । भारतका बिभिन्न स्थान हुंदै नेपाल आउने गाडी र खाद्य वस्तुबाट भाइरस आउने सम्भावनालाई भने सरकारले नजरअन्दाज गरेको छ ।
यसरी भारतीय बजारबाट आएका तरकारी, फलफुल तथा खाद्य सामाग्री सिमावर्ती बजारहरुमा बिक्री भईरहेकाछन् । प्रदेश ५ को राजधानी बुटवलमा बिहानै देखि अधिकांस भारतीय तरकारी बोकेर ठेला गाडाहरु घरघरमा पुग्ने गरेकाछन् । लकडाउनका कारण घर बाहिर निस्कन नपाएका स्थानीय उपभोक्तालाई घर अगाडी नै ठेलाले तरकारी फलफुल ल्याउंदा सहज त भएको छ, तर ठेलामा चढेर आउन सक्ने कोरोना भाइरसको जोखिमले भने छाडेको छैन ।
भारतीय तरकारी किन्दा डर लागेपनि किन्न बाध्य बन्नु परेको स्थानीय उपभोक्ता बताउंछन् । ज्यान जोगाउन मुखमा मास्क, हातमा सेनेटाईजर लगाएर फुटफाथमा तरकारी किन्दै गरेकी स्थानीय गृहिणीले तरकारी र फलफुल राम्ररी धोएर प्रयोग गर्ने गरेको बताउंछीन् ।
मण्डीमा हरेक दिन तरकारी फलफुल आउने गरेको र उपभोक्तालाई सकेसम्म दुरी कायम गराएर फुटफाथमा आफुले भारतीय तरकारी बेच्ने गरेको स्थानीय तरकारी ब्यवसायीको भनाई छ । नगरपालिकाले भारतीय तरकारी नबेच्न नभनेको उनको भनाई छ ।
सिमाबाट भित्रीने गाडी र सवारी चालकबाट जोखिम हुनसक्ने बिषयमा प्रदेश सरकारको ध्यान आकृष्ठ भएको प्रदेश ५ सरकारका कृषि मन्त्री आरती पौडेलले बताउनुभएपनि सरकारले त्यस्ता आयातलाई रोक्न ठोस कदम चाल्न भने सकेको छैन ।
नागरिक आउंदा भाइरस आउंछ भनेर डराउने सरकारले अन्य माध्यमबाट पनि भाइरस आउने सम्भावना प्रति चनाखो बन्नै पर्दछ । बिगत ९ दिन देखि लकडाउनमा बसेर राज्यको घोषणालाई सघाईरहेका नागरिक अझै केहि दिन गांउघर र स्थानीय उत्पादनमा जे भेटिन्छ त्यहि खाएर लकडाउन पार गर्न तयार हुन पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu