ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पा एक रात बसेर आयो रुकुमको मतपत्र


admin
१२ मंसिर २०७४, मंगलबार   १० : ३४   बजे
रुकुम (पूर्व), १२ मंसिर । हिजो सदरमुकाम रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसक्दा रोल्पाको लिवाङ पु¥याईएका रुकुम (पूर्व)का चार मतदान स्थलका मतपेटिका आज बिहान सदरमुकाममा ल्याइपु¥याएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको हुकामबाट सोमबार बेलुकी अवेर उडेको हेलिकोप्टर रुकुमकोटको आकाशमा उडेपनि अवतरण गर्न नसक्दा रोल्पाको लिवाङमा लगिएको थियो ।

रुकुमकोटको भिजिविलिटी स्पस्ट नभएका कारण मतपेटिका लिएर आएको हेलिकोप्टर अवतरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताउनुभयो ।

रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि चार मतदान स्थलका मतपेटिका, मतदान अधिकृत र केही कर्मचारीहरुले सोमबारको रात रोल्पामै बिताए । जिल्ला सदरमुकामदेखि दुई दिनको पैदल दुरीमा रहेका पुथाउत्तरगंगा गाउँपालिकाको हुकाम, रन्मामैकोट, मैकोट र पेल्मा गरी ४ मतदान स्थलका १२ ओटा मतपेटिका ओसार्न हेलिकोप्टरको प्रयोग गरिएको हो ।

मतपेटिका रातभर रोल्पाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको थियो । चार मतदान स्थलका मतपेटिका पुगेसँगै जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाम पुगेका छन् । ३१ मतदान स्थल रहेको जिल्लाका अन्य २७ मतदान स्थलका मतपेटिका भने सोमबार नै रुकुमकोट पुर्याइसकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहको आह्वान : मानव बेचबिखन रोक्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

सम्बन्धित

घर त मसानघाट भयो, अब कहाँ जाने?’ : भोटेकोशीका बाढीपीडितको काठमाडौंमा बास

बाढीपीडितका लागि एनआरटीले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ सम्पर्कविहीन

बाढीपछि स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नवलपुरमा सातबुँदे निर्देशन

भोटेकोशी बाढीमा मृतकको संख्या ७३५ पुग्यो, २५ प्रहरी अझै बेपत्ता

धादिङमा बाढीले चार घर बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu